औरही नगरपालिका भित्र नगरका सबै वडाहरुमा बर्थिङ सेन्टर संचालन गरीने


३० असार । महोत्तरीको औरही नगरपालिका भित्र रहेको बर्थिङ सेन्टर संचालनमा आएपछि अहिले दैनिक ४० देखि ५० जना सुत्केरी महिलाहरुले सेवा लिदै आएका छन् सेवा लिए पछि निकै ठूलो राहत महसूस गरेका छन् ।

नगरपालिकामा स्वास्थ्य चौकी भित्र सञ्चालनमा रहेको बर्थिङ सेन्टरको यहि असार १६ गते औरही नगर पालिकाका मेयर सुनिल यादवले उदुघाटन गरेपछि सञ्चालनमा आएको हो । नगरपालिका भित्र लामो समयदेखि बर्थिङ सेन्टर निर्माण भईसक्दासमेत सञ्चालनमा नआउँदा नगर क्षेत्र भित्रका गर्भवती महिलाहरु सुत्केरी हुन गौशाला, बर्दिवास तथा जनकपुरका निजी अस्पताल र क्लिनिकहरुमा जान बाध्य भएका थिए । अब नगरकै स्वास्थ्य चौकीमा सुत्केरी गराएनाले बहिर जाने बाध्यताको अन्त्य भएको स्थानीयहरुको भनाई छ ।

बर्थिङ सेन्टरमा सेवा लिन आउँने लाभग्राहीलाई रातदिन सेवा दिन तत्पर रहेको औरही स्वास्थ्य चौकीका प्रमुख रामचन्द्र यादवले बताए । यादवको भनाईमा पहिलेको तुलनामा सुत्केरी गराउन आउँनेको चाप अहिले निकै बढेको छ । यस बर्थिङ सेन्टरमा दुई जना एचए, दुई जना अहेव, चार जना अनमी र एक कार्यालय सहयोगी कार्यरत छन् ।

त्यसैगरी नगरवासीहरुले भोगेको पिडालाई आगामी दिनमा पिडामुक्त बनाउन चाँडै नै नगरका सबै वडाहरुमा बर्थिङ सेन्टर संचालन गरीने नगर प्रमुख सुनिल यादवको भनाई छ ।

 


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


ताजा समाचार

धेरै पढिएको