धनुषामा आफैले चलाएको ट्रयाक्टर पल्टिदा चालकको मृत्यु


Deep Diamond

३० असार । धनुषामा आफैले चलाएको ट्रयाक्टर पल्टिदा एकजना चालकको मृत्यु भएको छ ।

जिल्लाको लक्ष्मिनियाँ गाउँपालिका वडा न. ७ लक्ष्मिनियाँमा आफैले चलाइरहेको ज १ त ७९०१ नम्बरको ट्रयाक्टर पल्टिदा मिथिला बिहारी नगरपालिका ६ बस्ने बर्ष ४० को मनोज साहको मृत्यु भएको प्रहरीले जनाएको छ ।

बुधबार दिउँसो २ बजे लक्ष्मिनियाँस्थित धान खेत जोत्ने क्रममा खाडलमा फसेपछि ट्रयाक्टर पछाडितिर पल्टिन गएको थियो । पल्टिएको ट्रयाक्टरमा च्यापिएर गम्भीर घाइते भएका चालक साहलाई तत्कालै उपचारका लागि जानकी हेल्थ केयर जनकपुर पु¥याउँदा डाक्टरले उनलाई मृत घोषणा गरेको थियो लक्ष्मिनिया प्रहरी चौकीका इन्चार्ज मनोजकुमार खवासले जानकारी दिए ।

मृतक चालक साहको शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरमा राखिएको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको