
३० असार । धनुषाको ढल्केवरबाट गएको शनिबार एक मोटरसाईकल चोरी भएको छ ।
ढल्केबर स्थित उत्तर तर्फको चोकबाट शनिबार बिहान् ११ बजेको समयमा मिथिला नगरपालिका– ३ हरिहरपुर बस्ने सन्तोष कुमार महतोको रातो र कालो रंगको अन्टेस्ट पल्सर २२० सि.सि को मोटरसाईकल चोरी भएको छ ।
सिसिटिभी फोटेजमा कैद भएको फोटेजका अनुसार मोटरसाईकल चोरी गर्नेमा तिन जनाको संगलन्ता प्रष्ट देखिएका छन् ।
मोटरसाईकल खोजीका लागि महतोले ईलाका प्रहरी कार्यालय ढल्केवरमा चोरी भएलगत्तै प्रहरीमा निवेदन दिएका छ्न। साथै महतोले सबैसँग सहयोगको अपील गरेका छन् ।