दाईको कुुटाईबाट भाईको मृत्यू


२९ जेष्ठ,महोत्तरी ।
महोत्तरीको लोहारपट्टी नगरपालिका –७, भ्रमरपुराका ५० वर्षीय रामचन्द्र साहको कुटपिटबाट उनका कान्छो भाइ ४५ वर्षीय लक्ष्मण साहको मृत्यु भएको छ ।

स्थानीय शंकर साहका अनुसार दाजुभाइ पहिला नै छुट्टिसकेका थिए । तर कुलदेवता भाइ लक्ष्मणको घरमै रहेको र सोही विषयलाई लिएर गत जेठ २६ गते महिला–महिलाबीच विवाद शुरु भएको थियो । त्यसपछि दाजुभाइबीच झगडा हुँदा रामचन्द्रको परिवार मिलेर लक्ष्मणलाई मरणासन्न हुने गरी कुटपिट गरेका थिए ।

कुटपिटबाट गम्भीर घाइते लक्ष्मणलाई जनकपुरमा उपचार सम्भव नभएपछि थप उपचारको लागि उनलाई हेलिकप्टरबाट काठमाडौं लगिएको थियो ।
तर उपचारका क्रममा उनको मृत्यु भएको हो । परिवारजन शव काठमाण्डौंमा पोष्टमार्टम गरि अन्त्येष्टिका लागि शुक्रबार राति घर लिएर आएका छन् ।

यता, कुटपिट गरि हत्या गरेको आरोपमा मृतकका दाई र भतिजो पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक दिनेश आचार्यका अनुसार मृततका दाई रामचन्द्र साह र भतिजो उमेश साहलाई नियन्त्रणमा लिई अनुसन्धान शुरु गरिएको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


ताजा समाचार

धेरै पढिएको