समाजिक अभियन्ता गुरुशरण सदाका परिवारलाई ४९ हजार आर्थिक सहयोग


२९ बैशाख,धनुषा । कोरोना संक्रमणबाट मृत्यु भएका गोलबजारका कलाकार तथा समाजिक अभियन्ता गुरुशरण सदाका परिवारलाई ४९ हजार रुपैयाँ आर्थिक सहोग गरिएको छ ।

मगही भाषा अभियन्ता फुलगेन मगहीले दाताहरुबाट चन्दा संकलन गरी ४९ हजार ३२७ रुपैयाँ सदाकी श्रीमती शान्ति सदालाई हस्तान्तरण गरेका हुन् ।

प्रत्यक्ष रुपमा २७ हजार ६५० र अनलाइनबाट सहयोग प्राप्त भएको २१ हजार ६७७ रुपैयाँ गरी ४९ हजार ३२७ रुपैयाँ सदाकी श्रीमती शान्तिलाई आइएमइबाट पठाइएको अभियन्ता मगहीले बताए ।

दलित समुदायका एक होनहार कलाकार तथा समाजिक अभियन्ता सदाको मृत्युको खबर पाएलगतै फुलगेन मगहीले उनको परिवारलाई सहयोग गर्न चन्दा संकलन थालेका थिए ।

आर्थिक रुपमा विपन्न सदाका परिवारलाई सहयोगका लागि अभियन्ता मगहीले समाजिक संजालबाट अभियान थालेका थिए ।

स्रोत टुडेपाटी


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको