निषेधाज्ञामा सरकारी गाडीको दुरुपयोग, प्रहरीले लियो दुर्ईवटा मोटरसाइकल नियन्त्रणमा


ढल्केवर, धनुषा
सरकारी गाडीको दुरुपयोग बढेको छ । मंगलबार धनुषाको ढल्केवर–जनकपुर सडक खण्डमा पर्ने महेन्द्रनगरमा सुरक्षाकर्मीले सवारी जाँचको क्रममा सरकारी नम्बर प्लेटको मोटरसाइकल आफन्तहरुले प्रयोग गरेको भेटिएपछि यसको रहस्य बाहिरिएको हो ।

निषेधाज्ञालाई कडाइका साथ पालना गराउन इलाका प्रहरी कार्यालय महेन्द्रनगरका प्रहरी जवान र ट्राफिक प्रहरीले गरेको संयुक्त सवारी जाँचको क्रममा सिरहा जिल्ला कारागारका प्रमुख बबिता महतोले प्रयोग गर्ने बा २ ब ८४३२ नम्बरको सरकारी मोटरसाइकल नातामा भाइ पर्नेले प्रयोग गरेको भेटिएको छ । उनलाई जनकपुरबाट ढल्केवरतर्फ आउँदै गरेको अवस्थामा प्रहरी फेला पारेका थिए ।

त्यस्तै ज १ ब ८०९ नम्बरको सरकारी मोटरसाइकलमा आफन्त सवार भएको अवस्थामा प्रहरीले भेटाए । मोटरसाइकलमा सवार महिलाले यो गाडि आफ्नो पिताको भएको र काम परेर लिएर आएको बताए । पिता प्रदेश २ को भौतिक तथा पूर्वाधार मन्त्रालयमा कार्यरत रहेको सामान्य जानकारी दिएपनि नाम पद खुलाउन चाहेनन् । उनी आफ्नो पहिचान पनि खुलाउन मानेन् ।

सुरक्षाकर्मीले ति दुवै मोटरसाइकल नियन्त्रणमा लिएका छन् । नियन्त्रणमा लिएको सरकारी मोटरसाइकल उपर छानबिन गरी आवश्यक कारवाहीका लागि जिल्लामा जाहेरी गर्ने चेकजाँचमा तैनाथ प्रहरीले बताए ।

निषेधाज्ञाको बेला सरकारी नम्बर प्लेटका गाडीलाई सुरक्षाकर्मीले हत्तपत जाँच नगर्ने हुँदा कर्मचारीका आफन्तहरुबाट सरकारी गाडीको दुरुपयोग यतिखेर बढेको छ ।

दोस्रो चरणको कोरोना भाइरसको भेरियन्ट तीब्र गतिमा फैलिन थालेपछि यसलाई रोकथाम तथा नियन्त्रणमा ल्याउन एकपछि अर्को गर्दै हाल देशमा आंशिक एवं पूर्ण गरेर ६२ भन्दा बढी जिल्लामा निषेधाज्ञा गरिएको छ ।

त्यैपनि कोरोना भाइरसको संक्रमणबाट संक्रमित हुनेको संख्यामा कमी आउन सकेको छैन् । मृत्यु हुनेको संख्या पनि दिनप्रतिदिन बढिरहेको छ ।

थप मानिसलाई संक्रमित हुनबाट रोक्न निषेधाज्ञा लगाइएको छ । निषेधाज्ञाको अबज्ञा गर्नेहरु त बढेका छन नै सरकारी गाडीको दुरुपयोग पनि व्यापक बढेको पाइएको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


ताजा समाचार

धेरै पढिएको