डाक्टरले औषधी दिने वित्तिकै ज्यान गएपछि …


३० चैत्र,लहान । सिरहाको लहानस्थित सप्तऋषि अस्पतालमा एक विरामीको आईतवार मृत्यू भएपछि उनका आफ्न्तले डाक्टरले लापरबाही गरेको आरोप लगाएको छ ।

सो अस्पतालमा उपचारको क्रममा सिरहाकै सखुवा ननकारकट्टी २ की अन्दाजी ४३ वर्षीया रामरती यादवको मृत्यू भएको हो । पेट दुखेपछि अस्पतालमा भर्ना भएकी उनलाई डाक्टरले औषधी दिने वित्तिकै ज्यान गएको आफ्न्तको भनाई छ ।

डाक्टरको लापरबाहीकै कारण मृत्यू भएको भन्दै उनका आफ्न्तले अस्पतालमा तोडफोड गरेको छ । अवस्था तनावग्रस्त बनेपछि प्रहरी पुगेको थियो । प्रहरीले स्थिति नियन्त्रणमा लिएको छ ।
स्रोत टुडे खोज


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको