फेरि फैलन थाल्यो कोरोनाको त्रास महोत्तरीमा ७ बुँदे आदेश जारी


Deep Diamond

चैत्र ११ महोत्तरी । कोरोना संक्रमण फेरि फैलन थालेसँगै सर्वसाधारणमा त्रास फैलिएको छ ।

कोरोना भाइरस संक्रमण फैलिन सक्ने सम्भावनालाई मध्यनजर गर्दै स्थानीय प्रशासनले पनि कडाइ गर्न थालेका छन् । यसैबीच जिल्ला प्रशासन कार्यालय महोत्तरीले जिल्लामा बढी मानिस भेला हुने कार्यक्रममा कडाइ गरेको छ ।

जिल्ला सुरक्षा समिति र जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्रको बैठकले स्थानीय प्रशासन ऐनअनुसार मंगलबार राति १२ बजेदेखि लागु हुने गरी प्रमुख जिल्ला अधिकारी तिर्थराज भट्टराईले ७ बुँदे आदेश जारी गरेका छन्।

जिल्ला प्रशासन कार्यालयले सूचना जारी गरेको सूचनामा धार्मिक तथा सामाजिक स्थलमा सामाजिक दूरीलगायत जनस्वास्थ्य सुरक्षाको मापदण्ड पूर्ण पालना गर्नुपर्ने, अत्यावश्यकबाहेकका व्यापार, व्यवसाय, उद्योग, कलकारखाना, यातायातलगागतका सेवा एवं मानिसहरुको आवागमन बिहान देखि बलुकी ९ बजेसम्म जनस्वास्थ्यको सुरक्षा मापदण्ड पूर्ण पालना गरी सञ्चालन गर्न पाइने र मदिराजन्य पदार्थको विक्री वितरण बेलुकी ८ बजसम्म मात्र सञ्चालन गर्न पाइने जनाएको छ।

महोत्तरी जिल्लास्थित दुई वटा सिमानामा रहेका नेपाल प्रवेश गर्ने सम्सी र मठियानी सिमामा यात्रुहरुको आगमान र मालसामानको ढुवानी व्यवस्था निगरानी राख्न आदेश दिएका हुन ।
खुला सिमानाको जुनसुकै स्थानबाट हुनसक्ने यात्रुहरुको आवागमनमा निगरानि रहेको ,’ प्रमुख जिल्ला अधिकारी भट्टराईले जारी गरेको आदेशमा उल्लेख छ।

यस्तै, कार्यालय, संघ संस्था, शैक्षिक संस्थाहरुले सामाजिक दूरीलगायत जनस्वास्थ्य सुरक्षाको मापदण्ड पूर्ण रुपमा पालना गरी नियमित रुपमा कार्यालय सञ्चालन गरी सेवा प्रवाह गर्ने, बैठक गोष्ठी वा सेमिनार भर्चुअल माध्यमबाट गर्नुपर्ने, अत्यावश्यक बैठक गोष्ठी वा सेमिनार गर्नु परे जनस्वास्थ्यको मापदण्डकोे पूर्ण परिपालन गर्नु पर्नेछ।

प्रशासनको आदेश अवज्ञा गरिए संक्रामक रोग ऐन, २०२० बमोजिम कारवाही गरिने जनाइएको छ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको