बर्दिवास, चैत ७ गते ।
पिछडावर्ग ओबिसी महासभाका प्रदेश नं २ को अध्यक्षमा परमेश्वर महतो निर्विरोध निर्वाचित भएका छन् ।
महोत्तरीको बर्दिवासमा चलिरहेको ओबिसीको प्रदेश अधिवेशनले प्रदेश अध्यक्षमा महतो निर्विरोध निर्वाचित भएको निर्वाचन समितिका संयोजक नागेन्द्र सिंहले द पब्लिक टुडेलाई जानकारी दिए ।
अध्यक्षसहित सम्पूर्ण पदाधिकारी तथा सदस्यहरू निर्विरोध निर्वाचित भएको संयोजक सिंहले जनाए । उनका अनुसार अध्यक्षमा १ जना, उपाध्यक्षमा २ जना,सचिवमा १ जना, सहसचिवमा १ र कोषाध्यक्षमा १ जना निर्वाचित भएका हुन् । यस्तै महिलासदस्य ७ जना र पुरूष सदस्यमा १२ जना गरि २५ जनाको कार्यसमित निर्विरोध निर्वाचित भएको निर्वाचन समितिका संयोजक सिंहले बताए ।