कोभिड सङ्क्रमणको हल्लाकाबीच तान्जनियाका राष्ट्रपतिको निधन


५ चैत्र,बीबीसी । राजधानी दारेसलाममा मुटुको समस्याबारे उपचारका क्रममा मगुफुलीको बुधवार मृत्यु भएको उपराष्ट्रपति समिआ सुल्हु हसनले एक टेलिभिजनमार्फत् घोषणा गरेका हुन्।
तान्जनियाका राष्ट्रपति जोन मगुफुलीको ६१ वर्षको उमेरमा निधन भएको त्यहाँका उपराष्ट्रपतिले घोषणा गरेका छन्।

मगुफुली दुई साताभन्दा बढी समयदेखि सार्वजनिक रूपमा देखा परेका थिएनन् र उनको स्वास्थ्यबारे विभिन्न हल्ला चलेका थिए।

विपक्षी नेताहरूले उनलाई कोरोनाभाइरसको सङ्क्रमण भएको दाबी गरे पनि त्यसको पुष्टि हुन सकेको छैन।

गतसाता देशका प्रधानमन्त्रीले मगुफुली स्वस्थ्य रहेको र राम्ररी काम गरिरहेको बताएका थिए।

विवादित परिचय
तान्जनियामा मगुफुलीको एकजना विवादित नेताको पहिचान थियो।

भ्रष्टाचारसँग जुझ्ने र उच्च सरकारी खर्च घटाउने कामका लागि उनको प्रशंसा हुनेगर्छ।

कोभिडलाई बेवास्ता गर्ने राष्ट्रपति सिकिस्त भई अस्पतालमाु
कोरोनाभाइरसलाई मामुली बताउने ब्रजिलका राष्ट्रपति सङ्क्रमित
उनले खानीमा काम गर्ने विदेशी कम्पनीलाई बढी कर तिर्न लगाएका थिए।

तर विपक्षी नेता र सञ्चारमाध्यमहरूप्रति कडा व्यवहार गर्दै बढ्दो रूपमा निरङ्कुश चरित्र देखाएको भन्दै उनको आलोचना हुने गर्दथ्यो।

मगुफुली सन् २०१५ मा पहिलोपटक राष्ट्रपति निर्वाचित भएका थिए

मगुफुली सन् २०१५ मा पहिलोपटक राष्ट्रपति निर्वाचित भएका थिए

उनी सन् २०१५ को अक्टोबरमा आफ्नो ५६औँ जन्मदिनमा देशको राष्ट्रपति घोषित भएका थिए।

गत वर्षको एउटा विवादित चुनावपछि उनी दोस्रो कार्यकालका लागि निर्वाचित भएका थिए।

तान्जनियाको संविधान अनुसार राष्ट्रपतिको पाँचवर्षे कार्यकालमध्ये अब उनको बाँकी समय देशका उपराष्ट्रपतिले निर्वाह गर्नेछन्।

कोभिड महामारीमा उनले के गरेरु
गत जुन महिनामा मगुफुलीले तान्जनियालाई कोभिड-१९ मुक्तु घोषणा गरेका थिए।

उनले मास्कको प्रभावकारिताका बिषयमा हलुका अभिव्यक्ति दिनुका साथै कोरोनाभाइरसको परीक्षणबारे शङ्का व्यक्त गरेका थिए।

उनले महामारीसँग जुझ्न छिमेकी देशहरूले चालेका स्वास्थ्यका उपायको खिल्ली उडाएका थिए।

मे महिनायता तान्जनियाले कोरोनाभाइरसका विवरण प्रकाशित गरेको छैन।

उक्त देशले खोप खरिद गर्न समेत अस्वीकार गर्दै आएको छ।

संवाददाताहरू भन्छन् उनको साखलाई जोडेर अब देशको नेतृत्व गर्नेले मगुफुलीकै शैली अपनाउँछ वा त्यसलाई परिवर्तन गर्नेछ भन्ने त्यहाँ निकै बहसको बिषय बन्नेछ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको