
२३ माघ , महोत्तरी । महोत्तरीको बर्दिवास नगरपलिका स्थित पुलमा कुकर बम फेला परेको छ । पुल मा १२ बजे राति पहिलो बोरामा शंकास्पद बस्तु फेला परेको हो ।
महोत्तरी बर्दिबास नगरपालिका १० महेन्द्र राज मार्ग बाटो खन्ड्मा पर्ने लक्ष्मिनिया चौक स्थित पर्ने ढोलन पुलको छेउमा बर्दिबास जाने तर्फको पुलको १० फिट दाहिने तर्फ फ्यालिएको अबस्थामा रहेको छ ।
फेला परेको वस्तु प्रेसरकुकर बम जस्तो देखिएको हुँदा अहिले पूर्व पश्चिम राजमार्गको उक्त पुल भन्दा दुबै तर्फ सबारी साधनलाई सुरक्षाको दृष्टिकोणले प्रहरीले आवतजावतमा रोक लगाइएको छ भने सेनाको बम डिस्पोजल टोली पुग्न लागेको छ ।