२१ माघ,सिरहा। सिरहामा आफ्नै घरबाट अढ़ाई वर्षीय बालक अपहरणमा परेको छ ।
अपहरणमा परेका सिरहा सदरमुकाम स्थित सिरहा नगरपालिका १ घर भएका प्रदिप यादवको अढ़ाई वर्षिय छोरा ईशान्त भन्ने प्रियान्सु यादव मंगलवार साँझ साढे ७ वजे अपहरणमा परेको परिवारजनले बताएका छन् ।
सडक छेउमै रहेको घरको आगनमा खेलिरहेको बच्चालाई अपहरण गरिएको परिवारजनले जनाएको छ। खाना पकाउन सुरसारमा थिए । वच्चाकी आमा संगिता यादवले बच्चा वरण्डामा खेल्दै थियो ।त्यहिवाटै कसैले अपहरण भयो ।
बच्चाको खोजीमा आफन्तजन लागेको तर कतै फेला नपरेको पिडित संगिताले बताइन् ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी शालिग्राम शर्माले बच्चा हराएको जानकारी पाएसंगै खोजिकार्य तिव्र पारिएको बताए । सिमाक्षेत्रका गाउँ र त्यस वरपर खोज तलाश भैरहेको प्रवक्ता शर्माले बताए