नेपालले गर्छ अर्बौँ रुपैयाँको खाद्यान्न आयात- भारतबाट रअमेरिकाबाट चामल नेपाल भित्रिए


१९ माघ,बीबीसी । देश राजनीतिक विवादमा अल्झिएका बेला भन्सार विभागले हालै सार्वजनिक गरेको विवरणले नेपालमा ठूलो मात्रामा खाद्यान्न आयात हुने देखाएको छ। पहिला कृषिप्रधान देशको परिचय बनाएको नेपालमा अहिले चामल, मकै र गहुँजस्ता अन्न भारतबाट मात्र होइन अमेरिकी देशहरूबाट समेत आइरहेका छन्।

त्यति मात्र होइन विश्वका साना तथा द्वन्द्वग्रस्त देशसँगको व्यापारमा पनि नेपालले घाटामा छ। ठूला र सम्पन्न देशसँग त व्यापार घाटा ठूलै थियो।

अर्थतन्त्रमा ठूलै नकारात्मक प्रभाव नदेखाए पनि नाइजिरिया, मडागास्कर, लाट्भिया र ग्वाटेमालादेखि माली, माल्टा र मङ्गोलियासम्मको व्यापारमा पनि नेपाल तलै छ।

भन्सार विभागका अनुसार यो आर्थिक वर्षको पहिलो छ महिनामा भारतबाट ३० करोड केजी र अमेरिकाबाट सात लाख ३३ हजार केजी चामल नेपाल भित्रिएको छ।

त्यस्तै ३३ करोड केजी मकै भारतबाट भित्रिँदा झन्डै २४(२४ लाख केजी दक्षिण अमेरिकी देश ब्रजिल र आर्जेन्टिनाबाट अनि साढे तीन लाख केजी दक्षिण अफ्रिकाबाट आएको छ।

त्योसहित विदेशी धान, गहुँ, कनिका, फापर, कोदो, जौ र जुनेलो नेपालीले किन्दा झन्डै ४२ अर्ब रुपैयाँ विदेशिएको छ। त्यो रकम तरकारी, फलफूल, मासुमाछा आदि खाद्य उत्पादन र सामानबाहेकको हो।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


ताजा समाचार

धेरै पढिएको