
१८ माघ,सुर्खेत । रुकुम पश्चिमबाट सरकारद्वारा प्रतिबन्धित नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका पाँच कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा त्रिवेणी गाउँपालिका–२ बेतखोलाका २४ वर्षीय प्रेमबहादुर बोहरा, त्रिवेणी–९ प्युउगाका १६ वर्षीय नवीन वली, मुसिकोट नगरपालिका–१ का १९ वर्षीय सागर बुढा, सोही ठाउँका १७ वर्षीय अभिषेक बुढामगर र २७ वर्षीय किरण रसाईली रहेको प्रहरीले जनाएको छ ।
गएको माघ १० गते त्रिवेणी गाउँपालिका–६ बिसौनीमा प्रेशर कुकर बम राखेको आरोपमा उनीहरुलाई पक्राउ गरिएको रुकुम पश्चिमका डीएसपी धुर्वकुमार श्रेष्ठले जानकरी दिए ।
पक्राउ समूहका पाँच कार्यकर्ताको बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।