
२१ पुस, जनकपुर । प्रदेश २ मा रहेका १९ जना संसदहरुलाई प्रदेशसभा सचिवालयमा रहेका नेकपाको संसदीय दलको बैठकमा १९ जना सांसदहरुलाई हटाईएका छन ।
प्रचण्ड नेपाल समूहले प्रदेश २ सत्यनारायण मण्डललाई हटाएको छ । नेता मण्डललाई जनकपुरमा मंगलबार बसेको संसदीय दलको बैठकले संसदीय दलको नेताबाट हटाउँदै नेपालनिकट रहेका शत्रुघन महतोलाई चयन गरेको छ ।
प्रदेशसभा सचिवालयमा रहेका नेकपाको संसदीय दलको बैठकमा १९ जना सांसदले मण्डललाई हटाएर महतोलाइ सर्वसम्मतरूपमा दलको नेता चयन गरेको सांसद रवीन्द्र बैठाले जानकारी दिए ।
महतोलाई दलको नेता चयन गरिएको विषयमा सभामुख सरोजकुमार यादवलाई लिखित जानकारीसमेत दिइएको उनले बताए ।
३२ जना प्रदेशसभा सदस्य रहेको प्रदेश २ मा पूर्वएमालेतर्फका २१ र पूर्वमाओवादीबाट ११ जना छन् । जसमध्ये १९ जना प्रचण्ड र १३ जना ओली पक्षमा छ्न् ।