महिनैपिच्छे फालिने स्यानिटरी प्याड कहाँ जान्छ


११ पुस, बीबीसी ।
महिनावारी हुने महिला तथा किशोरीको सङ्ख्या करिब ३५.५ करोड छ। भारत सरकारको न्याश्नल फेमिली हेल्थ सर्भे ४ अनुसार १५ – २४ वर्षका ४२ प्रतिशत किशोरीहरू स्यानिटरी प्याडको प्रयोग गर्छन्।

त्यसमा २४ वर्षमाथिका महिलाको सङ्ख्या जोड्ने हो भने महिनावारीका बेला प्रयोग हुने स्यानिटरी प्याडको सङ्ख्या अझ बढ्न जान्छ।

महिनावारीका बेला स्यानिटरी प्याडको प्रयोगलाई राम्रो मानिन्छ र नियमित समयमा फेर्न पनि महिलाहरूलाई सुझाव दिइन्छ।

तर प्रयोग गरिसकिएपछि स्यानिटरी प्याडको व्यवस्थापनबारे कमै चर्चा हुने गरेको पाइन्छ।

भारतमा महिनावारी हुने महिलाले किन गर्भाशय फाल्दैछन्रु
महिनावारी हुँदाको रगतको उत्सव मनाउने प्रथा
हालै भारतका पर्यावरणमन्त्री प्रकाश जावडेकरले भनेका थिए, ूहामीकहाँ स्यानिटरी प्याड र डाइपरको उत्पादन तथा प्रयोग बढ्दै गएको छ। तर प्रयोगपछि जसरी फोहोरमा फाल्ने गरिएको छ त्यो फोहोर सङ्कलन गर्नेहरूका लागि खतरनाक छ।

हामी सन् २०२१ देखि उत्पादकहरूले प्रत्येक स्यानिटरी प्याड फाल्नका निम्ति डिग्रेडेबल अर्थात्‌ जैविक रूपमा नष्ट गर्न सकिने झोला दिनुपर्ने नियम लागु गर्नेछौँ।

ग्रामीण तथा सहरी क्षेत्रका कैयौँ ठाउँमा फोहोर सङ्कलनका लागि राम्रो प्रबन्ध नभएको अध्ययनहरूले देखाएका छन्।

यो पृष्ठभूमिमा प्रयोग गरिएका स्यानिटरी प्याड खुला ठाउँ, नदी अथवा तलाउमा फाल्ने गरिएको तथा जलाउने गरिएको पनि देखिन्छ।

फोहोर सङ्कलन गर्ने मानिसहरू त्यस्ता प्याडको सम्पर्कमा पुग्छन् जुन उनीहरूको स्वास्थ्यका लागि हानिकारक हुनसक्छ।

त्यस्तो अवस्थामा डिस्पोजेबल ब्यागु फोहोर सङ्कलन गर्नेहरूका लागि सहयोगी सिद्ध हुनसक्ने बताइन्छ।

प्रयोगपछि स्यानिटरी प्याड कहाँ जान्छ ?
मेन्स्ट्रूअल हेल्थ अलायन्स इन्डिया ९एमएचएआई० का अनुसार भारतमा १२।१ करोड महिलाले स्यानिटरी प्याडको प्रयोग गर्छन्।

एमएचएआई महिनावारीका बेला ध्यान दिनुपर्ने सरसफाइ लगायतका विषयमा काम गर्ने संस्थाहरूको सञ्जाल हो।

यदि एउटा मासिक चक्रमा महिलाले आठवटा प्याडको प्रयोग गर्छन् भने एक महिनामा उनीहरूले प्रयोग गर्ने स्यानिटरी प्याडको सङ्ख्या एक अर्ब हुन आउँछ।

यसको अर्थ एक वर्षमा प्रयोग गरिने स्यानिटरी प्याडको सङ्ख्या १२ अर्ब हुन जान्छ।

तर प्रयोगपछि फालिने स्यानिटरी प्याड आखिर कहाँ जान्छ त ?

एमएचएआईका अनुसार एउटा स्यानिटरी प्याड नष्ट हुनका लागि ५०० देखि ८०० वर्ष लाग्छ। किनकि त्यसमा प्रयोग हुने प्लास्टिक नन(बायोडिग्रेडेबल अर्थात्‌ जैविक रूपमा नष्ट गर्न नसकिने खालको हुन्छ।

त्यो स्वास्थ्यका साथसाथै पर्यावरणका लागि पनि खतरा बन्न पुग्छ।

बजारमा उपलब्ध अक्सर स्यानिटरी प्याडहरू सेल्यूलोस, सुपर अब्जर्बेन्ट पोलिमरजस्ता अवयवबाट बनेका हुन्छन् जुन सजिलैसँग नष्ट हुँदैनन्, पर्यावरणमा रहिरहन्छन् र तिनले माटो र पानीलाई प्रदूषित बनाइरहन्छन्।

विकल्प के हुन सक्छ
आकार इनोभेशन प्रालिका संस्थापक जयदीप मण्डल कम्पोस्टेबल अर्थात् कुहिने स्यानिटरी प्याड बनाउने आफ्नो कम्पनी भारतमा पहिलो भएको दाबी गर्छन्।

उनी भन्छन्, स्यानिटरी प्याडहरू बायोडिग्रेडेबलको सट्टा कम्पोस्टेबल हुनुपर्छ अर्थात्‌ मलमा परिवर्तन हुने खालको हुनुपर्छ। किनकि बायोडिग्रेडेबलको अर्थ प्राकृतिक रूपमा नष्ट हुनु हो र त्यो हुनका लागि एक दिनदेखि कैयौँ वर्षसम्म लाग्न सक्छ।

कैयौँ कम्पनीका प्याडहरू अक्सो(डिग्रेडेबल अर्थात्‌ सूर्यको किरण पराबैजनी किरण र गर्मीका कारण माइक्रो प्लास्टिकमा परिणत हुने खालका हुन्छन् जुन प्लास्टिक जीवजन्तुका लागि निकै घातक हुन्छ।

महिनावारी हुँदा प्रयोग हुने मेन्स्ट्रूअल कप विश्वसनीयु
नाइन स्यानिटरी न्याप्किन बनाउने कम्पनीकी प्रमुख कार्यकारी अधिकृत ऋचा सिंह प्रयोग भइसकेका प्याडहरूको व्यवस्थापनका लागि डिस्पोजेबल ब्यागुका साथै इन्सिनेरेटरु लगाउनुपर्नेमा जोड दिन्छिन्।

भारतमा करिब ३० वटाभन्दा बढी संस्थाले कैयौँ पटक प्रयोग गर्न मिल्ने स्यानिटरटी प्याड बनाउने गरेका छन्।

त्यसमा केराको फाइबर, कपडा अथवा बाँसबाट बन्ने स्यानिटरी प्याड समावेश छन्।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको