१८ जेठ,बर्दिबास । महोत्तरीको बर्दिवास नगरपालिकाका नव निर्वाचित मेयर प्रहलाद कुमार क्षेत्री गृह सचिव टेकनरायण पाण्डे संग भेटेका छन ।
बुधवार बर्दिवास स्थित अष्ट्रेलियन राजदुतवासको सहयोगमा निर्माण मानविय सहायता स्थाल उद्धघाटन कार्यक्रम गर्न आउनुभएको गृह सचिव पाण्डेले बर्दिवास स्थित बर्दिवास रिसोर्टमा मेयर प्रहलाद कुमार क्षेत्री संग भेटघाट गरी कार्यकालको शुभकामना दिनुभएको छ ।
भेटमा सचीव पाण्डेले बर्दिवास नगरपालिकाका लागि नेपाल सरोकार गृह मंत्रालय सदैव सहयोग गर्ने बताए । उनले भने यस महोत्तरीको अन्य पालिका भन्दा अलि फरक रहेकाले बर्दिवासको विकास हुनुभनेको मधेश प्रदेशको विकासमा टेवा पुग्ने बताए ।
क्षेत्रीको यो जित प्रति गृह सचिब पाण्डेले प्रशंसा गरेका छन् ।











