रवीन्द्र मिश्र लेखहरु लेख्दै चलचित्र खेल्ने


१२ जेठ । स्थानीय तहको निर्वाचनमा अपेक्षाकृत नतिजा नआएको भन्दै बुधबार विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले अचानक पदबाट राजीनामा दिए । ३० वैशाखमा भएको निर्वाचनमा विवेकशीलले एक पालिका प्रमुख मात्र जित्न सकेको छ ।

पार्टीले स्थानीय निर्वाचनमा लज्जास्पद हार बेहोरेपछि अब विवेकशीलका निवर्तमान अध्यक्ष मिश्रको राजनीतिक यात्रा कसरी अगाडि बढ्ला

यो प्रश्नमा उनले जवाफ दिएका छन्, ‘कतिपय साथीहरूले “अब तपाईं के गर्नु हुन्छरु” भनेर सोधी रहनुभएको छ । मलाई मेरो भाग्यले गुनासो गर्ने ठाउँ नै नराखि चाहिनेभन्दा बढी दिइसकेको छ । मलाई थप केही आवश्यक छैन । मेरो राजनीतिको प्रमुख उद्देश्य “देशको दूरगामी हित र दशकौंसम्म जसको नाममा राजनीति गरियो र जसलाई राजनीतिको लाभले कहिल्यै स्पर्शै गर्न सकेन तिनलाई स्पर्श गर्नु” थियो। त्यो सफलता अहिलेसम्म हासिल भएको छैन। त्यसका लागि “विचारभन्दा माथि देश” लाई राख्नै पर्छ भन्ने मेरो मान्यता हो। त्यसैलाई शिरोधार्य गर्दै म प्रयासरत रहिरहने छु।

मिश्रले अब कविता, किताब र सिनेमामा अभिनय गर्नसक्ने पनि उल्लेख गरेका छन् । ‘कविता लेखुँला, किताब लेखुँला, परोपकारी काम गरुँला र, मन लाग्यो भने, सिनेमामा अभिनय पनि गरुँला१,’ उनले फेसबुकमा लेखका छन् ।

मिश्रले आफ्नो राजीनामापछि पार्टीका कतिपय नेता तथा सदस्यहरूले राजीनामा दिने तयारी गरिरहेको उल्लेख गर्दै त्यसो नगर्न पनि आग्रह गरेका छन् । ‘कृपया, त्यसो नगरिदिनु होला । कुनै पनि पार्टीको नेताले नाजुक चुनावी परिणाम आएपछि जे गर्नु पर्ने हो, मैले त्यही नै गरेको हुँ । पार्टीको केन्द्रीय समितिको बैठक बस्न दिनुहोस् र त्यसले नै पार्टीको भावी प्रारम्भिक बाटो तय गर्नेछ भन्ने विश्वास लिएको छु’, उनले भनेका छन् ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको