बर्दिवास ७ मा स्वतन्त्र उम्मेदवार राम स्वगारथ यादव (भोरील) विजयी


१ जेठ,महोत्तरी । महोत्तरीको बर्दिवास ७ मा स्वतन्त्र उम्मेदवार राम स्वगारथ यादव विजयी भएका छन् । ७ सय २७ मत प्राप्त गरी यादव विजयी भएका हुन् ।

निर्वाचन कार्यालय बर्दिवासका अनुसार यादवले निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका सुरेन्द्र कुमार सिंहलाई १ मतले पछि पार्दै जित हात पारेका हुन् ।

सुरेन्द्रले ७ सय २६ मत प्राप्त गरेको निर्वाचन अधिकृत भुपेन्द्र सापकोटाले जानकारी दिए । यादवलाई मेयरका स्वतन्त्र उम्मेदवार प्रल्हाद क्षेत्रीको पनि सहयोग थियो ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको