महोत्तरी : मतगणना स्थलमै झडप भएपछि मतगणना


३१ बैशाख । महोत्तरीको सोनामा गाउँपालिकाको मतगणना स्थलमा झडप भएको छ । गणनामा कुरा नमिलेपछि झडप भएको हो र अहिले मतगणना रोकिएको छ ।

गाउँपालिकाको सभाहलमा मतगणना थालेको केही समयमै झडप भएको निर्वाचन कार्यालय सोनामाले जनाएको छ । जम्मा ६ वटा मात्रै मत गणना भएको थियो ।

मतपत्रको कोठामा मसि लागेको मतपत्रलाइ सदर गर्ने कि बदर गर्ने भन्ने विषयमा कुरा नमिलेपछि झडप भएको निर्वाचन अधिकृत दीपककुमार मिश्रले जानकारी दिए । मत गणनास्थलमा रहेका जसपा र लोसपाका पार्टी प्रतिनिधिबीच कुरा नमिलेपछि झडप सुरु भएको थियो ।

अहिले स्थिती सामान्य बनाउने काम भइरहेको मिश्रले बताए । स्थिती सामान्य भएपछि सर्वदलिय बैठक बसेर पुनः गणना सुचारु गर्ने उनले जानकारी दिए ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको