एमाले नेता वाईवालाई किन भोट ?


बैशाख ३० गते हुने स्थानीय निर्वाचनमा सबै उमेदवारहरु घर दैलो कार्यक्रममा मत मग्न व्यस्त देखिन्छन्।

सोहि अभियानलाई आगाडी बढाउने क्रममा बर्दिबास नगरपालिका वडा नं १० मा नेकपा एमाले का वडा अध्यक्ष पदका उमेदवार चतुरमान वाईवा (बिवेक) घरदैलो अभियानमा जनताहरुका समस्याहरु बुझदै घर घरमा पुगेका छन्।

घर दैलो अभियानमा नेता वाईबाले जनताहरु माझ आफ्ना यस्ता प्रतिबद्धताहरु राख्दै अभियानलाई तिब्रता दिएका छन ।

१. खयरमारामा ९५ % जनता कृषि मै निर्भर रहेको हुदा
कृषिकर्मलाई सहुलेत आकर्षक पेसाको रुपमा विकास गर्ने
निती लिईने छ ।

२. युवाहरुलाई आफ्नो सिप क्षमता अनुसारको सिपमुलक
तालिमहरु मार्फत रोजगार तर्फ ध्यानकर्षन गराईने छ ।

३. आफ्नो वडामा सेवा लिन आएका सेवाग्राहिलाई सहज रुपले
छिटो छरीतो तरीकाले सेवा लिने व्यबस्था बनाईने छ ।

४. आर्थिक अवस्था कमजोर भएका विपन्न परिवारका
बालवालीकाहरुलाई पूर्ण पौष्टिक आहारको ब्यबस्था दिईने छ।

५. बाटो घाटो सडक निर्माणलाई मुख्य योजनाको रुपमा राख्दै
शिक्षा स्वस्थ्य खाने पानिको उचित व्यबसथा गरीने छ ।

६. वडाबासीको सल्ला सुझाबहरुलाई लिएर विकासको तर्फ
अगाडी लैजाने छ ।

७. वडाका जतिपनि कामहरु गरिन्छ सबै पारर्दर्शी सेवा प्रदान गरीने छ ।

८. वृद्ध बृद्धा एकल महिला सारिरीक अवस्था कमजोर भएका (अपाङ) भएकालाई
सामाजिक सुरक्ष भत्तालाई सहज रुपमा वडाबाटै उपलब्ध गराईने छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको