जनप्रतिनिधिहरु जनताका सेवा गर्न जाने हो मालिक बन्नलाई हैन : प्रत्यासी मेयर बलम्पाकी


देबराज तामाङ

 

२१ बैशाख । आसन्न स्थानीय तहको चुनाबको मिति नजिकीदै गर्दा नेकपा एमाले बर्दिबास नगरपालिका उम्मेद्धवार मेयर तथा उप मेयर चुनावी अभियान अन्र्तगत मतदातासँग घरदैलो अभियानमा छन् ।

घर दैलो अभियानमा टोल भेला कार्यक्रमको आयोजना गदै जनताहरुका समस्याहरु बुझ्दै आफ्ना प्रतिबद्धताहरु जनतामाझ पस्किदै हिडेका छन् ।

जति पनि जनप्रतिनिधिहरु भएर गएका छन उनिहरु जनताका सेवा गर्न गएका हुन मालिक बन्नलाई हैन् तर आज जोजो मान्छेहरु प्रतिनिधिहरु बनेर गएका छन् ति मान्छेहरु जनताका सेवक हैनन् मालिक भएका छन् । अब नेकपा कमुनिष्ट पार्टिका प्रतिनिधीहरु मलिक हैन जनताको सेवक भएर आउनेछन् नेता बलम्पाकीले भने ।

आज जनताका सयौं सपनाहरु खेर गएका छन विपनामा परिवर्तन गर्न सकिएका छैनन् हामीहरु हाम्रो पार्टीले र क्षमताले भ्याए सम्म जनताको सपनाहरुलाई विपनामा बदलन्न कोषिस गर्ने छु बलमपाकीले भने ।

हाम्रो देश भनेको कृर्षि प्रद्यान देश हो धेरै किसानहरुछन् त्यसमा पनि सबैभन्दा धेरै बर्दिबास नगरपालिका भित्र किसाननगरमा छन् तर याँहा शिचाईको व्यवस्था नभएको हुदा किसानहरु समस्यामा अल्झिएकाछन् समएमा खाध पाएका छैन्न,विउ विजन पाएका छैन्न यी समस्याहरुलाई म सबैभन्दा पहिलो प्राथमिक्तामा राख्नेछु। किसानहरुलाई सहि तरिकाले बजार व्यावस्थापन गर्नका लागी नगरको १४ वटै वडामा कोल्ड स्टोरको व्यवस्था गर्नेछु नेता बलम्पाकीले प्रतिबद्धता गरे ।

प्रतिनिधिहरुलाई कुनै पनि अधिकार छैन जनतालाई पाखा लगाएर जनताका बचनहरुलाई धोखा दिएर जनताका समस्याहरुलाई पन्छाएर आरामले कुर्षीमा खुट्टा हल्लाएर बस्नलाई कुनै जनप्रतिनिधिलाइ छैन । तर हामी जनताका समस्यालाई बुझेर विकास तर्फ लैजानलाई आज मेयरको उमेदवार दिएको हो बोलेको कुरा पुरा गरेर देखाउनेछु भन्दै प्रतिबद्धता गरे ।

आज मान्छेलाई नभई नहुने शिक्षा हो त्यसैले गरिबदुखिका छोराछोरीले पनि याँहा थोरै पैसा वा पैसा नतिरी नै गुण्स्तरिय शिक्षा हासिल गर्न सकिन्छ त्यसको व्यास्थापन गर्न हामी चाहन्छौ प्रत्यासी उपमेयर दुर्गा दाहालले बताईन ।

जतिपनि आज सम्म खोला दोहन भयो त्यो कुराको लेखा जोखा हिसाब किताब भने निवर्तमान मेयर सँग छैन जनतालाई पारदर्सी गर्न सकिएन त्यो भनेको जनताको सम्पति हो जनताको सम्पति जनताले पाउनु पर्छ तर जनता अहिले पिडामा छ नेता बलमपाकिले बताए ।

बर्दिबास नगरमा एउटा ठुलो समस्या बनेको छ त्यो समस्या भनेको हाम्रो स्रोत र साधनको रुपमा रहेको रातुखोला हो त्या रहेको माटो ढुंगा गिटी बलुवा आज अव्यबस्थित तरीकाले दोहन भईरहेको छ त्यसलाई सहि ढंगले व्यबस्थित गर्न सकिएन मपदण्ड विपरित तरिकाले ४०,५० फिट गहिराई गरी उत्खनन गरीरहेको छ हाम्रो जमिन छाड्लाई बाध्य भएका छौ यो दोहनलाई यदी एमाले सरकारले ब्यबस्थित गर्छु भनेर हामी जनता माझ प्रतिबद्धता राख्छ भने हामी भोट दिन तयार छौ अमर यादबले भने ।

आज बर्दिबासमा एमाले लहर छाइरहेको देख्दा धेरै खुशि लागेको छ । एमाले नआएको धेरै भयो त्यसैले बर्दिबासमा हिंसा भ्रष्ट्र्चार अन्याए बढेको छ विकासले भने गति लिनसकेको छैन त्यसैले एमाले आउनु पर्छ आज मैले अविरले स्वागत गरे भोली जित पछि मैले खादाले सम्मान गर्न पाउ स्थानिय सन्जु मगरले बताइन ।

 


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको