श्रमीक खुसी भए नगर खुसी रहने ः स्वतन्त्र उम्मेदवार क्षेत्री


बर्दिवास । श्रमिकहरुको अधिकार स्थापित भएको दिनका रुपमा प्रत्येक वर्ष मे १ मा विश्व मजदुर दिवस अर्थात् अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाउने गरिन्छ । यस मजदुर दिवसका अवसरमा बर्दिवास नगरपालिका लगायत विश्वभर छरिएर रहेनु्भएका सम्पूर्ण नेपाली श्रमजीवी दाजुभाइ तथा दिदीबहिनीहरुमा सुख, शान्ति, समृद्धि एवं श्रम अधिकार सुनिश्चितताको कामना गर्दछु ।
आसन्न स्थानीयतहको निर्वाचनको लागि बर्दिबास नगरपालिकामा स्वतन्त्र उम्मेदवारी दिनुभएका प्रहलाद कुमार क्षेत्रीले श्रमीकको उचित मूल्य निर्धारणका लागि सधै संघर्षशील रहने बताएका छन । श्रमीक खुसी भए नगर खुसी रहने कुरामा जोड दिनुभएको हो ।
बर्दिवास नगरपालि वडा नम्वर ७ मा आयोजित एक कार्यक्रम बिच बोल्दै भने, बर्दिवास नगरपालिकामा पहिलो परिर्वतनको सुरुवात नै श्रमीकहरुको हक अधिकारका बाट गर्ने प्रतिवद्धता व्यक्त गरे । बर्दिवास नगरपालिकामा श्रम गर्दा र पसिना बगाउँदा अनुकूल श्रम वातावरण, न्यायोचित कार्यघण्टा एवं पारिश्रमिक, सामाजिक सुरक्षा लगायतका सबै श्रम अधिकार सुनिश्चित भई उपयुक्त औद्योगिक सम्बन्ध स्थापित गर्ने कुरामा जोड दिए ।
आजको यस दिवसको पुनित अवसरमा सबै नेपाली श्रमिक तथा मजदुरहरुले आफ्नो हक–अधिकारको पूर्ण, जीवनोपयोगी र सार्थक रुपमा प्रयोग गर्न सकुन् भन्ने शुभकामना संदेश व्यक्त गरे ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको