१२ बैशाख । उदयपुरको ताप्ली गाउँपालिकामा गठबन्धन भएको छ। गठबन्धनको तर्फबाट नेकपा माओवादी केन्द्रका ढुंगराज बिक पालिका प्रमुख र नेपाली कांग्रेसको तर्फबाट धनमाया मगर उपप्रमुखमा उम्मेदवारी दिने सहमति जुटेको ताप्ली कांग्रेसले जनाएको छ।
जम्मा ५ वटा वडा रहेको गाउँपालिकामा कांग्रेसले ३ वडा र माओवादीले २ वटा वडा लिने सहमति भएको छ।नेकपा एमालेले भने पालिका अध्यक्षमा बावुराम राई र उपाध्यक्षमा मानकुमारी थापालाई उम्मेदवार बनाउने निर्णय गरेको छ।











