बर्दिबास : मुलुक चक्रव्यूहमा फसेको छ,लिङ्देन


३० चैत बर्दिबास।राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले मुलुक चक्रव्यूहमा फसेको र चाँडै व्यूह भेदनको आवश्यकता औंल्याउनु भएको छ । आज बुधबार साँझ महोत्तरीको बर्दिबासमा राप्रपा महोत्तरीले आयोजना गरेको आमसभालाई सम्वोधन गर्दै अध्यक्ष लिङ्देनले मुलुकलाई विषम परिस्थितिबाट फर्काउन जनताको ऐक्यबद्धता आवश्यक रहेको बताउनुभयो ।

“राजनीतिक, आर्थिक र साँस्कृतिक विस्रिङ्खलता चारैतिर व्याप्त छ, मुलुक षडयन्त्रै षडयन्त्रको भूमरीमा फस्दो छ” अध्यक्ष लिङ्देनले भन्नुभयो, “अब जनताको खबरदारीमा ढिलाइ भए मुलुक झनै समस्यामा जकडिदै जानेछ ।” यो विस्रिङ्खलताको जड गणतन्त्र र धर्मनिरपेक्षता भएको उहाँको निचोड छ ।
जनताले गणतन्त्र र धर्मनिरपेक्ष माग्दै नमागेका कुरा विदेशी शक्तिको आडमा थोपरिएको लिङ्देनको भनाइ छ । अब आसन्न स्थानीयतह र यसपछि हुने संसदीय निर्वाचनबाट जनताले मुलुक बिगार्ने शक्तिलाई परास्त गरी उदीयमान राजनीतिलाई साथ दिन उहाँले अपिल गर्नुभयो । मुलुक अस्तव्यस्त बनाउने मूलधारका भनिने दलहरु भएको उहाँको भनाइ छ ।

“अझै यिनै पुराना दलले मुलुक बनाउँछन् भन्ने आश गर्नु साँढेको टाङ्मुनि दूधका लागि बाल्टिन थाप्नुजस्तै हो” मूलधारका मुख्य दलहरुप्रति लिङ्देनले कडा टिप्पणी गर्नुभयो । मुलुकको कृषि, उद्योग नेपाली काँग्रेस, नेकपा (एमाले) र माओवादीकेन्द्रसहितका दलले पालैपालो चौपट बनाएका उहाँको आरोप छ । मुलुकलाई चक्रव्यूहबाट निकाल्न आपूm र आफ्नो दलले सङ्कल्प लिएको बताउँदै उहाँले राप्रपाको सरकार बने भ्रष्ट नेताहरुले थुपारेका नोटका बिटा कागजको खोस्टा बनाइ दिने उल्लेख गर्नुभयो ।

“हामी धार्मिक स्वतन्त्रतासहितको हिन्दू राष्ट्र र सम्वैधानिक राजतन्त्रसहितको लोकतान्त्रिक पद्धति स्थापित गर्न चाहान्छौ” लिङ्देनले आफ्नो राजनीतिक अभिष्ठ स्पष्ट पार्दै भन्नुभयो, “यसका लागि हिंसाको बाटो नभई निर्वाचनको लोकतान्त्रिक बाटो हाम्रो रोजाइ हो ।राजसंस्था र हिन्दू राष्ट्र मुलुकको राष्ट्रिय एकता र स्थायित्वको प्रतीक रहँदै आएको उहाँको भनाइ छ । “विगतमा राजा महँगा भएका टिप्पणी गर्ने दलहरुले अहिले भन्नप¥यो” उहाँले प्रश्नात्मक भावमा भन्नुभयो, “राजा महँगा कि

राष्ट्रपति÷ उपराष्ट्रपति ?

राप्रपाका उपाध्यक्ष ध्रुवबहादुर प्रधान, सहमहामन्त्री मोहन यादव, मधेश प्रदेश अध्यक्ष भरत गिरी र केन्द्रीय सदस्य रेखा थापा लगायतले सम्वोधन गर्नु भएको सभा सो दलका जिल्ला अध्यक्ष राजेश्वर राय यादवको अध्यक्षतामा सम्पन्न भएको हो ।———


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको