मालपोत कार्यालय धनुषाबाट श्रेस्ता च्यातेको आरोपमा एकजना पक्राउ


३० चैत । मालपोत कार्यालय धनुषाबाट श्रेस्ता च्यातेको आरोपमा एकजना पक्राउ परेका छन् ।

महोत्तरीको पिपरा गाउँपालिका बनौलीका ६४ वर्षीय विक्रम चौधरीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

भूमी सुधार तथा मालपोत कार्यालय धनुषाका निमित्त प्रमुख पक्राउ परेको एक दिन नबित्दै कर्यालयमा श्रेस्ता च्यात्ने एकजना पक्राउ परेका हुन् ।

मंगलबार मात्र कार्यालयका निमित्त प्रमुख सुनिलकुमार झालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालयबाट खटेको टोलीले ५ लाख घुस सहित पक्राउ गरेको थियो ।

उक्त घटनाको एक दिन नबित्दै श्रेस्ता च्यातेको आरोपमा एकजना पक्राउ परेका हुन् ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको