३० चैत बर्दिबास। महोत्तरीको बर्दिबासबाट लागुऔषध सहित एकजनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा बर्दिवास नगरपालिका–२ बस्ने २० वर्षिय विशाल मगरलाई प्रहरीले नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय बर्दिवासले जनाएको छ ।
पुर्व–पश्चिम लोकमार्ग अन्तर्गत बर्दिवास नगरपालिका–५ माईस्थान चोकमा स्थायी प्रहरी चौकी माईथानबाट खटिएको प्रहरीको टोलीले पैदल यात्री मगरलाई चेकजाँच गर्ने क्रममा उनको साथबाट लागुऔषध बरामद भएको ईलाका प्रहरी कार्यालय बर्दिवासले जनाएको छ ।
पक्राउ परेका मगरको साथबाट नाईट्रोजिपाम १० लेखिएको टयाबलेट १५ पिस, डाईजिपाम ईन्जेक्सन १ पि २ एमएल लेखिएको ४ एम्पुल, प्रोमेथाजेन हयाड्रोक्लोराईड ईन्जेक्सन १ पि फेनाग्राम २ एमएल लेखिएको ४ एम्पुल र बुप्रिनो रिफिन ४ एम्पुल बरामद भएको हो ।
पक्राउ परेका मगरलाई जिल्ला अदाल महोत्तरीबाट ५ दिनको म्याद थपगरी अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।









