जनकपुर : आगामी निर्वाचनपछि राप्रपा अग्रस्थानमा आउँछ अध्यक्ष लिङ्देन


 

१८ चैत । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले आगामी ३० वैशाखको निर्वाचनपछि आफ्नो पार्टी अग्रस्थानमा रहने दावी गरेका छन् ।

शुक्रबार जनकपुरधाम विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष लिङ्देनले स्थानीय तहको निर्वाचनमा आफूहरू बढीभन्दा बढी सिट जित्ने दाबी गरेका हुन् ।

उनले राप्रपाप्रति जनताको चासो र विश्वास बढ्दै गएकोले यसको परिणाम पनि निर्वाचनको नतिजापश्चात नै देखिने तर्क गरे ।

उनले भने, ‘हामी चारवटा स्थानीय तहलाई नमुना पालिकाको रूपमा विकास गरेका छौँ । जनतालाई प्रत्यक्ष रुपमा सेवा सुविधा दिएका छौँ । शिक्षा, स्वास्थ्य, रोजगारी, सामाजिक विकास र सुशासन नै हाम्रो मुख्य एजेण्डा हो । त्यसैले हामी बढी भन्दा बढी सिट जित्छौँ ।’

अध्यक्ष लिङ्देनले भ्रष्टाचाररहित स्थानीय तह र देश निर्माण गर्नु राप्रपाको अभियान रहेको बताए ।

उनले अधिकांश स्थानमा उम्मेदवारी दिने र पहिलाभन्दा बढी ठाउँमा राम्रो स्थानमा जित्ने दाबीसमेत गरे ।

अध्यक्ष लिङ्देनले राप्रपाले मुलुक हाक्ने जिम्मेवारी पायो भने कस्तो बनाउलान् भन्ने परिकल्पना गर्न जनतालाई आग्रहसमेत गरे ।

उनले राप्रपाले निर्वाचनमा जितेपछि निःशुल्क शिक्षा र स्वास्थ्यलाई प्राथमिकतामा राख्ने बताए ।

बीमालगायत किसानलाई मल वितरण गर्नुका साथै नमूना स्थानीय तह निर्माण गर्ने र ज्येष्ठ नागरिकलाई घरदैलोमै गएर मासिक रूपमा स्वास्थ्य परीक्षण गर्ने अध्यक्ष लिङ्देनले घोषणासमेत गरे ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको