जब शिक्षा नीति सफल हुन सक्दैन तब सम्म समाज परिवर्तन हुनेवाला छैन


१३ चैत । शिक्षाको उद्देश्य लोकसेवा पास गरेर जागिर खानु वा विदेश जानु वा पैसा कमाउनु मात्र होइन । शिक्षाको उद्देश्य त आफैँलाई आफू केमा राम्रो छु भनेर बुझ्नु हो। जीवन र जगतलाई नियाल्ने प्रयत्न गर्नु हो। देशको अर्थतन्त्रलाई योगदान पुर्‍याउन नेतृत्व लिनु हो। समाजमा चेतना भर्नु हो। आफ्नो व्यक्तिगत जीवनलाई सहज र परिणाममुखी बनाउनु पनि हो।

 

कुनै पनि किसिमको हिंसामा भाग नलिन, प्रदूषण नगर्न, घृणा नछर्न, भ्रष्टाचार घटाउन, सद्भाव फैलाउन, अरूका लागि सोच्न पनि शिक्षाले नै सिकाउने हो । शिक्षा समाज परिवर्तनको सबैभन्दा सशक्त हतियार हो ।

 

विडम्बना, हामी प्रतिक्रियात्मक शैक्षिक पद्धतिमा छौँ । हामी मान्छे बिरामी भयो भने अस्पताल लैजानका निम्ति अस्पतालमा बजेट छुटाउन तयार छौँ । तर, मान्छेलाई स्वस्थ रहन वा वातावरण सफा राख्न सिकाउने शिक्षामा लगानी गर्दैनौँ । ट्राफिक जनचेतनाका निम्ति लाखौँ खर्च गर्छौँ तर एकैचोटी ७० लाख विद्यार्थीलाई ट्राफिक नियम पालना गराउन सक्ने शिक्षा र पाठ्यक्रमलाई प्रयोग गर्दैनौँ । सहरमा एउटा १८ महिने बालिकाको बलात्कार भएर हत्या हुन्छ । आन्दोलन हुन्छ, गृहमन्त्रीले संसद्मा उत्तर दिनुपर्छ तर शिक्षामन्त्री जवाफदेही हुनुपर्दैन । जबसम्म सहरमा हिंसा हुँदा, अपराध हुँदा वा विभेद हुँदा हामीले हाम्रो शिक्षा प्रणालीलाई, हाम्रो शिक्षा नीतिलाई प्रश्न गर्दैनौँ तबसम्म हाम्रो शिक्षा नीति सफल हुन सक्दैन । समाज परिवर्तन हुनेवाला छैन ।

संविधानको धारा ३१ ले माध्यमिक अर्थात् १२ कक्षासम्मको शिक्षा निःशुल्क भन्दै मौलिक हकको रूपमा राखेको छ । संविधानमा समाजवाद छ, प्रत्येक पार्टीको घोषणापत्रमा समाजवाद छ तर यहाँ आफ्ना छोरा छोरीलाई राम्रो विद्यालयमा पढाउन एउटा अभिभावक खाडीमा जानुपर्ने बाध्यता छ । के यस्तै हुन्छ समाजवाद रु म २२ वर्षीय विद्यार्थीले नबुझेको कि विद्वान् नेताहरूले रु हामीले शिक्षा नीतिलाई धेरै सस्तो बनाइदियौं । यस्तो सस्तो की हामीले कुनै अध्ययन र तयारीबिना जेपनि बोल्दै हिँड्यौं । यदि कुनै पनि नीतिले दिशा र भविष्य देखाउन सक्दैन भने त्यो नीतिको काम छैन । हो आज हाम्रो शिक्षा नीतिले कसैलाई पनि कुनै पनि दिशा देखाउन सकेको छैन ।

२०१३ मा अक्सफोर्डका दुई जना अनुसन्धानकर्ता, कार्ल बेनेडिक्ट फ्रे र माइकल ए। ओसर्बोनले अनुसन्धान गरेर निकालेको रिपोर्ट ‘द फ्युचर अफ इम्प्लोयमेन्ट’ अनुसार अबको केहि वर्षमा अहिले संसारमा हुँदै गरेका अधिकांश कामहरू रोबोटले गर्नेछन् । आज ७ कक्षामा हामी विद्यार्थीलाई जे घोकाइरहेका छौँ, के त्यसले हाम्रा विद्यार्थीहरूको १० वर्षपछिको त्यो जीवनलाई छुन सक्छ रु के त्यो कुरा हाम्रो शिक्षा नीतिले सोचेको छ रु बुझेको छ रु हामीले १० वर्षपछि बनाउन खोजेको देशका निम्ति चाहिने जनशक्ति कस्तो हो रु यो कसले सोच्ने, शिक्षाले होइन रु आज शिक्षा हाम्रो देशको कति नम्बरको प्राथमिकता हो रु

 

बेलायतका पूर्वप्रधानमन्त्री तथा लेबर पार्टीका नेता टोनी ब्लेयरलाई सोधिन्थ्यो, ‘तपाईँको सरकारका प्रमुख तीन प्राथमिकता के(के हुन् रु’ उनले सधैँ उत्तर दिने गर्थे, ‘हाम्रो सरकारको प्रमुख तीन मुद्दा शिक्षा, शिक्षा र शिक्षा हुन् ।’ आज दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले शिक्षालाई नै प्राथमिकतामा राखेर राजनीति गर्दै गर्दा उनले पञ्जावमा समेत अद्भूत सफलता हात पारे । यो कुरा हाम्रा नेतृत्वले कहिले बुझ्ने रु एउटा नमिठो सत्य के हो भने हाम्रो राजनीतिले शिक्षालाई बेवास्ता गरेको छ । दुरुपयोग गरेको छ । विद्यालयहरू राजनीतिका निम्ति केवल भर्तिकेन्द्रहरू भएका छन् अनि शिक्षक र विद्यार्थीहरू सबैभन्दा इमानदार कार्यकर्ता ।

यदि शिक्षालाई सुधार गर्ने हो भने हामीले पहिला सुरुमा शिक्षाको महत्त्व बुझ्ने नेता चुन्नुपर्छ । यस्तो नेता जसले शिक्षाको महत्त्व अरू सबैलाई बुझाउन सकोस् । यस्तो नेता जसले सबैको सहभागिता सुनिश्चित गर्न सकोस् । आज फिनल्यान्ड शिक्षामा एक नम्बर छ किनभने त्यहाँ शिक्षा राष्ट्रिय एजेन्डा बन्यो । सन् १९७० मा फिनल्यान्डमा सबै सांसद, सबै प्राध्यापक, शिक्षक, प्रधानाध्यापक, कर्मचारी, विद्यार्थी, समुदाय मिलेर शिक्षा नीति लागू गरिएको थियो । के हामीले त्यस्तो शिक्षामन्त्री वा प्रधानमन्त्री पाउन सक्छौं, जसले शिक्षालाई बुझेको होस् । शिक्षालाई सुधार्नका निम्ति ३ तहको परिवर्तन आवश्यक छ ।

१० संरचनागत सुधार स् आज एउटा सार्वजनिक विद्यालयमा एक जना शिक्षक वा विद्यार्थी छिर्दै गर्दा के उसले आफू त्यो स्कुलमा पढेर अब्बल बन्न सक्छु भनेर कल्पना गर्न सक्छ रु थर्ड क्लासको विद्यालयमा पढेकोरपढाएको महसुस गर्दैगर्दा आत्मविश्वास गुमाएका अपवाद बाहेकका विद्यार्थीले राम्रो गर्न सक्दैनन् । तसर्थ, विद्यालयका निम्ति पूर्वाधार निर्माण सबैभन्दा धेरै आवश्यक छ । विभिन्न रिपोर्टले आजको शिक्षाको चुनौती राम्रा शिक्षकको अभाव हो भनेर देखाएको छ । अहिले भएका शिक्षकहरूमध्ये करिब एक तिहाइ शिक्षकहरू असक्षम छन् भन्ने सरकारी प्रतिवेदनमै उल्लेख छ । तसर्थ, हामीले उत्कृष्ट व्यक्तिहरूलाई शिक्षण पेसामा ल्याउन सक्दैनौँ भने हाम्रो शिक्षा सुध्रिनेवाला छैन । र, यी दुवै काम गर्न हामीलाई पर्याप्त बजेट चाहिन्छ । त्यो पर्याप्त बजेटका निम्ति सरकारले शिक्षालाई प्राथमिकतामा राख्ने साहस गर्न जरुरी छ ।

२० नीतिगत सुधार स् आजको हाम्रो शिक्षा नीति भनेको एउटा विद्यार्थीलाई कसरी स्कुलमा भर्ना गराउने र कसरी साक्षर जिल्ला घोषणा गर्ने भन्नेभन्दा माथि उठ्न सकेको छैन । एउटा विद्यार्थी स्कुलभित्र छिर्दै गर्दा उसको कक्षाकोठा, उसको पाठ्यक्रम, उसलाई पढाउने शिक्षक, उसले सिकेको सीप र उसको भविष्यको बारेमा त हाम्रो शिक्षा नीति प्रवेश समेत गर्न पाएको छैन । समाजवादी शिक्षा वा जनवादी शिक्षाको अर्थ दलहरूले सिक्नै बाँकी छ । तसर्थ, हाम्रा दलहरूको शिक्षा नीति र राष्ट्रिय शिक्षा नीतिमा जबसम्म स्पष्ट हुँदैन, तबसम्म शिक्षा सुधार हुन सक्दैन । हामीले सामुहिक शिक्षा नीति ल्याएर संकल्प गर्न जरुरी छ ।

३० कार्यात्मक सुधार स् शिक्षालाई सुधार्ने हो भने पाठ्यक्रम, पढाउने विधि र परीक्षा प्रणालीमा व्यापक सुधार गर्नैपर्छ । आज हामी कस्तो पाठ्यक्रम पढाउँदै छौँ रु किन पढाउँदै छौँ रु त्यो पाठ्यक्रम हाम्रा विद्यार्थीका निम्ति कति जायज अनि आवश्यक छन् रु यसको उत्तर कसले दिने रु यदि शिक्षा बदल्ने हो भने पाठ्यक्रम बदलिन जरुरी छ । पाठ्यक्रम स्कुलले नै निर्धारण गर्ने अधिकार स्कुल र शिक्षकलाई दिन जरुरी छ । एउटा मोटो खाकाभित्र बसेर स्कुलले नै पाठ्यक्रम निर्माण गर्न सक्छन् । त्यो सक्ने शिक्षक भर्ति गर्न आवश्यक छ । दोस्रो, पढाउने विधिमा त व्यापक सुधार आवश्यक छ । एक जना शिक्षक कक्षामा छिरेर टेपरेकर्डर जस्तो भट्ट्याएर विद्यार्थीले सिक्दैनन् । कक्षामा विद्यार्थीलाई सहभागी गराउन जरुरी छ । दोहोरो संवाद गर्न जरुरी छ । विद्यार्थीलाई पाठमा डुब्न प्रेरित गर्न जरुरी छ । तेस्रो कुरा, आजको परीक्षा प्रणालीले भनेको शिक्षकले विद्यार्थीलाई अनि विद्यार्थीले शिक्षकलाई उल्लु बनाउने प्रक्रियाको रुपमा अभ्यासमा छ । तसर्थ, हाम्रो परिक्षा प्रणाली पूरै बदलिन जरुरी छ । परीक्षालाई कर्मकाण्डी बनाएर समय खेर फाल्नुको कुनै तुक छैन । परीक्षा व्यावहारिक हुन जरुरी छ । विद्यार्थीको सिकाइ मापन गर्न सक्ने बन्न जरुरी छ ।

अन्त्यमा, म दाँतको डाक्टर बन्न पढ्दै छु । बुबा(आमाले एक छाक कटाएर लाखौँ खर्च गरेर मलाई पढाउँदै हुनुहुन्छ तर मैले पास गरेपछि मेरो जागिरको टुङ्गो छैन । स्नातकोत्तर कसरी गर्ने टुङ्गो छैन । यति धेरै समय र स्रोतको लगानीपछि राज्यले मजस्ता विद्यार्थीको जिम्मा लिन नसक्नु नै आजको शिक्षा नीतिको असफलता हो । आज शिक्षालाई प्राथमिकतामा राख्न नसक्ने नेता, शिक्षामा गम्भीर हुन नसक्ने शिक्षामन्त्री(प्रधानमन्त्री र घोषणापत्रमा कर्मकाण्डका निम्ति शिक्षाबारे दुई लाइन लेख्दिएको जस्तो गर्ने नेताहरू नै आज शैक्षिक प्रणालीका बाधक हुन् । सुधार टाउकोबाटै र सम्पूर्ण शरीर अर्थात् राज्य प्रणाली हाक्ने मस्तिष्क ९नेता० बाट नै हुन जरुरी छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको