मधेश प्रदेश : प्रदेशसभा बैठकमा मन्त्रीको उपस्थितिबिनै सञ्चालन गरेपछि सांसद मञ्जु यादवको आपत्ति


प्रदेशसभा बैठक नबसि चार पटक स्थगित भएर शुक्रवार सबेको प्रदेशसभा बैठकमा मन्त्रीहरु उपस्थित नभएपछि आपति जनाएका छन् ।

शुक्रबार एक घण्टा ढिलो गरी बसेको प्रदेशसभा बैठकमा मन्त्रीको उपस्थितिबिनै सञ्चालन गरेपछि सांसदहरूले आपत्ति जनाएका छन् ।

मधेश प्रदेशका कुनै पनि मन्त्री उपस्थित नभएका अवस्थामा बैठक चलाएको भन्दै सत्ता घटक दल नेकपा एकीकृत समाजवादीकी सांसद मञ्जु यादवले संसदमा प्रश्न उठाएकी छन्।

‘संसद बैठक चल्दै गर्दा विभागीय मन्त्रीको उपस्थिति अनिवार्य मानिन्छ। तर, यहाँ मन्त्री कोही देखिँदैन,’ सांसद् यादवले भनिन्, ‘विश्वभरिका संसद् बैठकहरु मन्त्रीको अनुपस्थितिमा चल्न सक्दैन। तर यहाँ चलिरहेको छ, यो तुरुन्तै सम्बोधन हुनुपर्छ।’

सांसद यादवले मन्त्रीहरू संसद बैठकमा नआउने र सांसदहरूको गुनासो नसुन्ने हो भने मधेस प्रदेशसभा विघटन गर्न पनि माग गरेकी छन्।

उनले भनिन्, ‘मन्त्रीहरू सबै जागीरमा गएपछि संसद्को औचित्य के त ? त्यसैले बरु यसलाई विघटन गरिदिए पनि हुन्छ ।’


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको