देबराज तामाङ
८ चैत,बर्दिबास । नेकपा ( एमाले ) का मधेश प्रदेश सदस्य फाल्गुन सुस्लिङले बर्दिबासमा आयाेजित आदिवासी जनजाती महाेत्सव ऐतिहासिक भएकाे बताएकाछन् ।
एमालेकाे राष्टिय विधान महाधिबेशन प्रतिनिधि परिषद् सदस्य समेत रहेका सुस्लिङले महाेत्सवबारे सञ्चारकर्मीहरूलाई प्रतिकृया दिदै भने – ” बर्दीबासकाे आदिवासी जनजाती महाेत्सव ऐतिहासिक साबित भएकाे छ , मासकाे उपस्थितीले यही प्रमाणित गर्छ । ”
एक अर्काे प्रसंगमा उनले भने – ” सँधै बिभेदकाे सिकार बनेका अादीवासी- जनजातीसँग विद्राेह चेत हुन्छ । विद्राेह चेतले विद्राेही बन्छ । विद्राेही स्वभावले उ नेता बन्छ र राज्यसत्ता कब्जा गर्छ । हामी यही बाटाेमा छाैँ । “









