फिक्कल इलाम त्यहाँ पुग्ने मान्छे सबैले भन्छन् आहा कन्याम


२८ फागुन । फिक्कल इलाम त्यहाँ पुग्ने मान्छे सबैले भन्छन् ‘आहा कन्याम।’

तर अहिलेको बद्लिँदो कन्याम बनाउन सूर्योदय नगरपालिकालाई त्यति सहज थिएन।

कन्यामको सुन्दरताको मूल स्रोत सरकारले त्रिवेणी समूहलाई सञ्चालनका लागि जिम्मा दिएको चिया बगान नै हो भन्दा फरक पर्दैन। तर त्यही बगानलाई व्यवस्थित गर्नुको सट्टा त्रिवेणी समूहले ‘व्यापार’का लागि मात्र काम गरिरहेको स्थानीयबासी तथा सूर्योदय नगरपालिकाका जनप्रतिनिधि बताउँछन्।

अनेक बाधा व्यवधानका बीच नगरपालिकाका ‘आँटिला मेयर’ रणबहादुर राईले हार खाएनन्। बारम्बार त्रिवेणी समूह तथा संघीय सरकारका दबाबका बीच अहिलेको कन्यामलाई बनाए। जहाँ अहिले दैनिक सयौंको संख्यामा पर्यटक आउने गर्छन्। कन्यामको सुन्दरतालाई क्यामेरामा कैद गर्छन्। आफू पनि रमाएर जान्छन्।

सूर्योदय नगरपालिका क्षेत्र प्रवेश गर्नेबित्तिकै सडक चौडा हुँदै गएका देख्न सकिन्छ। कन्यामका साना तथा ठूला पसल व्यवस्थित भएका छन्। तर जति गरे पनि शतप्रतिशत सन्तुष्टि त कहाँ हुन्छ र१

नगरपालिकाका प्रमुख राई भन्छन्, ‘काम गर्दै जाने हो। मानिसको जीवनमा सन्तुष्टि भन्ने कुरा कहिले आउँदैन। काम गर्दै गयो, के पुगेन जस्तो हुन्छ।’

 

कतिपय स्थानीय तहका जनप्रतिनिधिले काम गरेनन् भनेर सर्वत्र आलोचना हुने गर्छ। तर सूर्योदय नगरपालिकाको पूर्वाधार विकास प्रमुख राईको नेतृत्व ‘सफल’ भएको स्थानीयबासीले बताउने गरेका छन्।

नगरप्रमुख राई भन्छन्, ‘यो मेरो मात्र काम होइन। हाम्रो टिम स्पिरिट छ। एक्लै त के नै गर्न सक्थें १’ उनले गरेका कामको श्रेय उनी आफैंमा मात्र सीमित राख्न चाहँदैनन्।

नगरको प्रमुखमा निर्वाचित हुँदा नेकपा एमालेबाट उनी निर्वाचित भएका थिए। अहिले उनी नेकपा एकीकृत समाजवादी पार्टीमा समाहित भएका छन्।

करिब १३ करोड रुपैयाँको लगानीमा अहिलेको कन्याम बनेको छ। १९ करोड रुपैयाँको लगानी चिया परीक्षण कार्यक्रम ल्याएको छ।

 

२३ करोड रुपैयाँ लगानीमा नगरमै अस्पताल बनिरहेको छ। नगरका सबै वार्डबाट पालिकासँग जोड्न ‘बाह्रमासे’ सडक निर्माण भइरहेको छ। सडक निर्माणका लागि वार्षीक ७ करोड रुपैयाँ छुट्याइएको नगरपालिका कार्यालयले जनाएको छ।

शिक्षामा प्रविधि भित्र्याउने काममा तथा ५० करोड रुपैयाँको लगानीमा पूर्वाधार निर्माणका लागि एकीकृत विकास कार्यक्रम ल्याउन नगरप्रमुख राई सफल भएका छन्।

उनको अर्को आँट त्रिवेणी समूहलाई दिइएको चिया बगान स्थानीय तह मातहत ल्याउनका लागि पहल पनि हो। उनी भन्छन् ‘जब स्थानीय सरकारलाई उक्त समूहले कुनै कर तिर्दैन भने हाम्रा बगान किन सञ्चालन गर्न दिनुरु’

प्रदेश १ सरकारले पनि सूर्योदय नगरपालिकालाई पर्यटकीय नगरीको रुपमा परिभाषित गरेको छ। त्यही परिभाषालाई दिगो बनाउन नगरपालिकाले काम गरिरहेको नगरप्रमुख राई बताउँछन्।

अन्य पार्टीका नेता तथा कार्यकर्ताले उनलाई ‘अरुलाई काम गर्न नदिने, सबै काम आफैंमा निहित राख्ने’ जनप्रतिनिधिको रुपमा अर्थ्याउँछन्।

तर काम गर्ने आँटिला नगरप्रमुखको रुपमा भने उनलाई लिन्छन्।

नेपाली कांग्रेस सूर्योदय नगर समिति सभापति जीवन नेपालका अनुसार कर्मचारीलाई आफैंले सञ्चालन गर्ने प्रवृति उनीसँग रहेको छ।

नेपाल भन्छन्, ‘काम त गर्नुहुन्छ तर अरुलाई काम प्रत्यायोजन गर्नुहुन्न। आफैं मात्र गर्न खोज्नुहुन्छ।

 


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको