वडाध्यक्षलाई कालोमोसो दल्ने समातिए


२८ फगुन । वडाध्यक्षलाई कालोमसो दल्नेहरुमध्ये चितावनमा दुई जनालाई समातिएका छन । गत सोमबार कालिका नगरपालिका ३ का वडाअध्यक्ष टिकाराज रिजाललाई उनकै कार्यक्रक्षमा पसेर आधा दर्जन व्यक्तिले कालोमसो दलेका थिए ।

लुकाएर लगिएको कालोमोसो रिजाललाई दलेपछि उनलाई लछार–पछार र दुर्व्यवहार गर्दै ढोकामा ल्याएर जुत्ताको माला लगाउने प्रयास गरिएको थियो । त्यसपछि उनीहरु फरार भएका थिए ।

प्रहरीले खोजतलास गर्ने क्रममा उक्त घटनामा संलग्नमध्येका चितवनको राप्ती नगरपालिका ४ भण्डारा बस्ने वर्ष ३७ को गुणराज श्रेष्ठ र अर्का ३७ वर्षीय सागर राईलाई मकवानपुरमा लुकिछिपी बसेको अवस्थामा पक्राउ गरेको छ । उनीहरुमाथि थप अनुसन्धान भइरहेको बताइएको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको