अखिल नेपाल महिला संघ को अध्यक्षमा पुष्पा , नेपाल मुस्लिम इत्तेहाद संगठन को अध्यक्षमा निजामुद्दीन चयन (तस्बिर सहित)


धनी राम कोरी

महाराजगन्ज , फागुन २४ ।  नेकपा एमाले पार्टीको भातृ संगठन अखिल नेपाल महिला संघ महाराजगन्ज को प्रथम अधिवेशन बाट अध्यक्ष मा पुष्पा कोरी र नेपाल मुस्लिम इत्तेहाद संगठन महाराजगन्ज को प्रथम अधिवेशन बाट अध्यक्ष मा निवामुद्दीन मुसलमान चयन भएको छन ।

अखिल नेपाल महिला संघ को उपाध्यक्ष मा उपाध्यक्ष इस्लावती पासी, उपाध्यक्ष जोखना कुर्मी , सचिव अकालमती पासी , सहसचिव आसमा खातुन , कोषाध्यक्ष सुमित्रा यादव लगायत २५ सदस्यीय नगर कमिटी गठन भएको छ ।

नेपाल मुस्लिम इत्तेहाद संगठन महाराजगन्ज को उपाध्यक्ष मा कुत्तबुद्दीन मुसलमान , सचिव मुक्ति मोहम्मद , सहसचिव अजीबुर रहमान मियाँ , सहसचिव यार मोहम्मद मुसलमान लगायत २५ सदस्यीय नगर कमिटी गठन गरिएको महाराजगन्ज नगर कमिटी अध्यक्ष निजामुद्दीन खा ले जानकारी दिनु भयो ।

उक्त कार्यक्रम मा अखिल नेपाल महिला संघ का केन्द्रीय सदस्य शारदा शर्मा , राष्ट्रिय महाधिवेशन प्रतिनिधि सदस्य बाबुराम खनाल , नेपाल मुस्लिम इत्तेहाद संगठन को केन्द्रीय सचिवालय सदस्य मैराज खान , महाराजगन्ज नगर कमिटी अध्यक्ष निजामुद्दीन खा , महाराजगन्ज नगर इन्चार्ज मावुद खा , सह(इन्चार्ज शिव राम खड्का लगायत नेकपा एमाले पार्टीको कार्यकर्ता को उपस्थिति रहेको थियो ।

कार्यक्रम संचालन महाराजगन्ज नगर कमिटी का सचिव संतोष त्रिपाठी ले गर्नु भएको थियो ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको