एमालेले बर्दिबासलाइ भ्रष्टचार र कमिसनमुक्त नगर बनाएर सुन्दर सहर बनाउँछ – नेता बलम्पाकी


२४ फागुन,बर्दिबास । एमाले नेता टेकबहादुर बलम्पाकीले महोत्तरीको बर्दिबास नगरपालिकालाई भ्रष्टचार र कमिसनतन्त्रमुक्त बनाएर सुन्दर सहरको रूपमा विकास गर्ने एमालेको योजना रहेको उदघोष गरेकाछन् ।

एमाले निकट अखिल नेपाल महिला सँघ बर्दिबास नगर कमिटीले ११२ औ अन्तराष्टिय श्रमिक नारी दीवसको अवसरमा कार्यक्रममा बलम्पाकीले यस्तो उदघोष गरेका हुन् ।
मेयरले पाउने सबै सेवासुविधा सरकारले दिन्छ बलम्पाकीले भने अब भ्रष्टचारी र कमिसनखोरीका दिन गए । बर्दिबासलाई सुन्दर नगर विकास गर्ने भिजन एमालेसँग छ । सबैले थाहा पाउन् , आउँदो स्थानिय चुनावमा बर्दिवास नगरमा एमालेको सूर्य फहराउने छ ।

एमाले केन्द्रीय सदस्य समेत रहेका महोत्तरी जिल्ला अध्यक्ष बलम्पाकीले जनताको भोटलाई दुरूपयोग गर्नेहरूको दिन गएको बताउँदै भने बर्दिबास नगरलाई सुन्दर बनाउने अभिभारा एमालेको काँधमा आईपरेको छ । यो अभिभारा पूरा गर्न एमाले तयारी अबस्थामा छ । कुनैपनि तागतले बर्दिबासमा मात्रै होईन , देशैभरी हराउने सामार्थ्य राख्दैन । एमाले त आयोआयो । सूर्य त आयो ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको