मिसन सबांददाता
२३ फागुन,नवलपरासी। समाजमा बर्षेनि बाढिको पिढा भोग्दै आएका छन । बर्षको समयमा बाढि संग जुधी रहेको स्थानियको कुरा सुनिने कोहि भएन् । खोला नालाहरुले नदिजन्य पदार्थको व्यवस्थीत र घाटगद्वी गरि नियमन गर्न ठेक्का वन्दोवस्तको जिम्मा लिएका ठेकेदारहरुबाट भएको अप्राकृतिक एवं अवैध उत्खनन्को पिडा भोगीरहेका बर्दघाट १६ का स्थानियहरु हून ।
पश्चिम नवलपरासीको बर्दघाट नगरपालीकामा अवस्थित बिभिन्न खोला—नदिहरुमा अहिले ठुला उपकरण जेसिभि ,हेक्साभेटर प्रयोग गरि अबैध उत्खनन् गर्ने कार्य तिभ्र गतिमा भइरहेको छ ।
हुन त यो खोलाको अवैध दोहन गर्ने कार्य यस वर्ष मात्र भइरहेको भने होईन प्रत्येक वर्ष यसरी न ैठेकेदारल ेसम्वन्धीत निकायसंग सेटीङ्ग मिलाउछन र प्राकृतीक सम्पदाको अवैध अनि चरणरुपमा दोहन गर्दै आइरहेका छन ।
ठेकेदारको नाम धारण गरेका खोला दोहन माफियासंग प्रत्येक वर्ष झै अहिले पनि जुधि रहेको छ बर्दघाट नगरपालिका अन्र्तगत पर्ने खजुरा खोला ।
ठकेदारहरुले सेटीङ्ग मिलाएर मेसीन उपकरणबाट अवैध उत्खनन गर्ने योजना नै वनाएर ठेक्का हाल्ने गरेको देखिन्छ ।
प्रत्येक वर्ष हुने खोला ठेक्का प्रकृयामा बर्दघाट नगरपालीकाका, जिल्ला समन्वय समिती स्थानीय राजनितिक दलका नेता , स्थानीय प्रहरी , स्थानीय प्रशासन, बन कार्यालयलगायतका निकायलाई आर्थिक प्रलोभनमा पारी खोलामा मेसीनको प्रयोग गरी अबैध उत्खनन गरिरहेका छन जहा कुनै पनि मापडण्ड पालना गरिएको पाइदैन ।
अहिलेको समयमा राजनितिको माला जपाने जनप्रतिनिधी त झनै राम्रो अवसर जुटेको ठानेका छन यी खोला बाट रातारात लाखौ कमाउने सपना पालेका ठकेदार समुह ।
राज्यका नियामक सवै अंगहरु माला जपाने बिभिन्ना वाहानामा रात दिन जेसिभि ,एक्साभेटरबाट अवैध उत्खन्न तथा अवैध स्टक गर्नमा तल्लीन अनि सक्रिय देखिन्छन यो प्रकृतिक अवैध दोहन गिरोह ।
बर्दघाट नगरपालीका स्थित खजुरा खोलाको ठेक्का दाउन्ने कन्ट्रक्सनले प्रशासन संग उठवस गरेका समुहले नै अवैध उत्खनन्नको नेतृत्व गरिरहेको छ ।
यसरी आखा मात्र चिम्लीदिए र भागवण्डाको रकम सजिलै आउने हुदा प्रहरी प्रशासन लगायतका अन्य नियामक निकाय पूणर्रुपमा मौन रहि कर्तव्य भन्दा पनि अवसरको फाइदा उठाउने पक्षमा देखिन्छन ।
अवैध खोला दोहन हुदा प्रत्यक्ष असर र प्रभावको चपेटामा पर्ने स्थानीय समुदाय समेत मौन देखिएका छन
अन्तत्वः स्थानीयवासी देखि नगरपालीका प्रहरी प्रशासन, वन कार्यालय, चुरे संरक्षण समिति, जिल्ला समन्वय समिति लगायतका नियामक अधिकार राख्ने सम्पूणर् सम्यन्त्रहरुको अगाडीबाट ठेकेदारनामको माफियाचन्त्रले यो प्राकृति सम्पन्दा माथी खुलेआम गरिरहेको चिरहरण रोक्ने दायीत्व कस्को हो जवाफ दिने निकाय कुन हो यो प्रकृतिले हामी संग गरिरहेको आजको टट्कारो प्रश्न हो यो ।
यसै विच पेट पाल्नैका निम्ती खोलालाई आधार वनाएका केही स्थानीय व्यक्तिहरुले यसरी हातले गिटी वालुवा चालेर दैनीक गुजारा चलाउने वर्ग पनि खोलामा भेटीन्छन । र यिनीहरु ले सोचिरहेका छन हामी नियम परिधि भित्र रहि एक टीपर खोलाजन्य सामाग्री जम्मा गर्न वटुल्न १ हप्ता लाग्छ तर राज्यको सिपाहीका खोल लगाएका मतियारहरुसंग साठगाठ गर्ने ठेकेदारहरु १ मिनेटमै अप्राकृतिक उत्खनन् गरि सवैलाई कमिसन पुरयाउदै रमाइरहेका छन आज ।
राज्यको श्रोत दोहन गरिरहेका छन, सक्नेलाइ होईन, नसक्ने र हामि जस्ता निर्धालाई हो कानुन, धिक्कार्दै छन राज्यव्यवस्था प्रणालीलाई ।









