१७ फागुन। उदयपुरमा पहिलो पटक वल्र्डफ्लु रोगभित्रिएको छ । ताप्ली गाउँपालिका वडानं ३ इनामेका किसानले पालेको लोकल कुखुरा, परेवा, टर्की र जंगली पशुपंन्छीमा वल्र्डफ्लुको पुष्टि भएको हो ।
एक साता अघि स्थानीय होमबहादुर मगर, चक्रबहादुर मगर, वंमबहादुर तामाङ लगायतले पालेका कुखुरा धमाधम मर्न थालेपछि परीक्षणगर्दा रोग देखिएको भेटिनरी अस्पताल तथापशुसेवा विज्ञ केन्द्र उदयपुरका प्रमुख डा। अजयसाहले बताए ।
उनकाअनुसार हाल सम्म त्यस क्षेत्रका १ हजार ६२५ पंन्छीको मृत्यु भईसकेको छ । कुखुरा मरेका जानकारी पाए लगत्तै वल्र्डफ्लुको आशंकामा स्थानीयको लिर्यस कुखुरा २० वटा, जंगली पन्छी ५ वटा र परेवा ३ वटा नमुनापरीक्षणका लागी विराटनगर पठाइएको थियो ।
विराटनगरको प्रारम्भिक परीक्षण पछि केन्द्रिय पशुपंन्छी रोग अन्वेषण प्रयोगशालात्रिपुरेश्वरमा गरिएको परीक्षणमा वल्र्डफ्लु पुष्टि भएको उनले बताए । स्थानीयकाअनुसार कटारी बजारबाट मार्केटिङका लागिलगिएकालिर्यस र वोईलर कुखुराबाट वल्र्डफ्लु भित्रिएको हो ।
डाक्टर साहले भने, ‘१५ दिन अघि थारो लिर्यस र वोईलर कुखुरा विक्रीकालागिलगिएको थियो, गाउँमा भित्र्याएको भोलीपल्ट देखिनै झोक्रयाएर मर्न थालेपछि आशंकामा स्थानीयले हामीलाई खवर गरेका थिए ।’ रोगको आशंका गरे लगत्तै परीक्षण अवधिभर इनामे क्षेत्रमासिल गरी कुखुरा विक्रिी वितरण र ओसारपसारमा प्रतिवन्ध लगाइएको उनले बताए ।
रोग पुष्टि भएलगत्तै पशुपंन्छी विभागले आसपासका क्षेत्रमा चारकिल्लानिर्धारण गरी कुखुरा नष्ट, सरसफाइकालागिआदेश दिएको डा। साहले बताए । केन्द्रको निर्देशनअनुसार प्रमुखजिल्लाअधिकारी बिरेन्द्रकुमार यादवको अध्यक्षतामाजिल्ला वल्र्डफ्लु रोग नियन्त्रण समितिको आपतकालिन बैठक बसी रोग निवारणकालागि योजनातय गरिएको उनले बताए ।
डा। साहले भने, मंगलबार बिहानै १ नम्बर प्रदेश अन्र्तगतको कृषितथा पशुपंन्छी मन्त्रालयको विज्ञसहितको र्यापिट रेस्पोन्स टिम परिचालित हुने छ । ‘महामारी नियन्त्रणका लागि भेटेनरी डाक्टर, प्रयोगशालाका प्राविधिक सहितजिल्ला र स्थानीय गरी चार वटा टोली मा करिव ३५ जनाको विज्ञ टिम परिचालित हन्छ,’उनले भने, ‘चार किल्ला क्षेत्रमा खाल्डा खनी पंन्छि नष्ट, सरसफाइ, मुचुल्कातयारी र सचेतनासमेत फैलाउने छ ।’
स्थानीयले तयार पारेको तथ्यांकअनुसार सबै गरी ५ हजार पन्छि नष्ट गरिने छ । डाक्टर साहले भने, ‘४ ठाउँका लोकलकुखुरा ४ हजार २ सय परेवा ९ सय, हाँस २ सय २५ र टर्की ३५ नष्ट गरिने छ ।’उनले सोमबार दिउँसो टोलीपुग्ने र बुधबारसम्म सबै नष्ट गरी विहीबार टोलीफर्किने बताए ।
स्थानीयले दिएको प्रारम्भिक जानकारी अनुसार चार ठाउँ मध्ये पहिलो स्याम्पलमा लोकलकुखुरा २ सय ५०, परेवा १ सय, टर्की २ वटा, दोस्रोमा लोकलकुखुरा ७ सय, हाँस ५० वटा, परेवा ३ सय, तेस्रो लोकलकुखुरा १ हजार ५ सय, हाँस १ सय २५, परेवा ३ सय, टर्की ३० वटा र चौथोँमा लोकलकुखुरा १ हजार ७ सय, हाँस ५०, परेवा २ सय र टर्की ३ वटा नष्ट गरिने छ ।
खुलासा व्युरो










