क्रान्तिकारीहरू प्रतिक्रान्तिमा बदलिए , जनताले जवाफ दिनेछन् : एमाले नेता बलम्पाकी


देबराज तामाङ्ग

१५ फागुन,बर्दिबास । एमाले नेता टेकबहादुर बलम्पाकीले एमसिसि अनुमाेदनले क्रान्तिकारीहरू प्रतिक्रान्तिकारीमा बदलिएकाे दाबी गरेकाछन् ।

एमसिसि संसदमा अनुमाेदन भएपछी नेता बलम्पाकीले सामाजिक सञ्जाल फेसबुकमा क्रान्तिकारीहरू प्रतिक्रान्तीमा बदलिएकाे जिकिर गरेका हुन् ।

बलम्पाकीले फेसबुक स्टाटसमा लेखेकाछन् , क्रान्तिकारी भन्नेहरू यत्ति चाडै प्रतिक्रान्तिमा बदलिन्छन भन्ने
सोच्न पनि गार्हो भैरहेको छ।यसको जवाफ जनताले अवस्य दिनेछन।

एक अर्काे फेसबुक स्टाटसमा उनले लेखेकाछन् , सत्ता र शक्तिमा अप्राकृतिक ढङ्गले टिकिरहन माओवादी र समाजवादि पार्टिले दलालीकोबाटो रोज्यो।

त्यसैगरी उनले तेश्राे स्टाटसमा भनेकाछन् , परिवर्तनका हकदार भन्नेहरु ईतिहासकै सबैभन्दा कुरुप जोक्कर भएको दिन हो आज।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको