१५ फागुन,बर्दिबास । नेकपा एमाले का मधेश प्रदेश कमिटी सदस्य भिम आलेले एमालेको अबरोधबिच एमसिसि अनुमोदनका लागि प्रतिनिधि सभामा छलफल गरिनु गलत भएको बताएकाछन् ।
एमाले गौशला नगर कमिटीले खाल्टी बजारमा आज आईतबार आयोजना गरेको विविध साँस्कृतिक कार्यक्रम तथा पार्टी प्रबेश कार्यक्रममा बोल्दै नेता आलेले यस्तो बताएका हुन् । एमालेले संसद अवरोध गरिराखेको छ,नेता आलेलेले भने , अबरोधबिच एमसिसि अनुमोदनका लागि संसदमा छलफल गरिनु गलत हो ।
माओवादी केन्द्र र नेकपा ( समाजवादी ) ले घुमाउरो पारामा एमसिसि अनुमोदन गर्न समर्थन गरेर जनतालाई धोका दिएको बताउँदै आलेले भने तीन खुट्टे सत्ता गठबन्धनको ट्रयापमा प्रधानमन्त्री छन् । देउवा प्रधानमन्त्री त हुन् तर तालाचावी उनिसँग छैन , अरूसँगै छ ।
एमसिसिको बारेमा जनतालाई स्पष्ट नपारी सांसदबाट पास गर्न खोज्नु सत्तारूढले जनतालाई गुमराहमा राखेर धमिलो पानीमा माछा मार्न खोज्नु हो आलेले भने










