१४ फागुन । महोत्तरीमा फेला परेको शंकास्पद वस्तु टाइम वम भएको पुष्टि भएको छ । टाइम बम भएको पुष्टि गर्दै नेपाली सेनाको बम डिस्पोजल टोलीले निष्क्रिय बनाएको छ । अहिले यहाँको जनजीवन सामान्य बनेको नगर प्रमुख हरि मण्डलले जानकारी दिएनुभयो । प्रहरीले उक्त बमको बिषयमा अनुसन्धान अगाडि बढाएको छ ।
नगरपालिका कार्यालयनजिकै राखिएको बमको बिषयमा अनुसन्धान सुरु गरेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ । विहान करिब १० बजे झोलाभित्र प्रेसर कुकर र तार फेला परेपछि स्थानीयले प्रहरीलाइ खवर गरेका थिए ।









