ढल्केवर । धनुषा धनुषाको ढल्केवरमा एमसिसीको विरोध साङ्केतिक प्रदर्शन भएको छ । मिथिला युवा सञ्जालका अध्यक्ष मनिषकुमार सिंहको नेतृत्वमा युवाहरुले एमसिसी परियोजनाको विरोधमा विभिन्न विरोधका नारा लेखिएको प्लेकार्ड बोकेर प्रदर्शन गरेका हुन् ।

प्रदर्शनका सहभागीहरुले एमसिसी चाँहिदैन देश बेच्न पाइँदैन, एससिसी परियोजना खारेज गर जस्ता विभिन्न नारा लेखिएको प्लेकार्ड बोकेका थिए । प्रदर्शनमा करिब बीस जना युवाको सहभागिता थियो । एमसिसी परियोजनाको अहिले देशभर केही राजनीतिक दल तथा नागरिकस्तरबाट व्यापक विरोध भइरहेको छ ।










