५ फागुन । नदी ठेक्काको सम्बन्धमा अदालतमा मुद्दा विचाराधीन अवस्थामा रहेको भन्दै भंगहा नगरपालिकाको कार्यालयले नदीजन्य पदार्थ निकासीमा रोक लगाईएको छ ।

विहीबार नगरपालिकाको कार्यालयले एक सुचना जारी गर्दै नगरभरिमा रहेको नदीबाट नदीजन्य पदार्थको उत्खन्न, संकलन, भण्डारण, घाटगद्दी गरि विक्री वितरण कार्यहरु नगर्न तथा नगराउनका लागि जीएम ट्रेड लिंक प्रा.लि. वर्दिवासलाई निर्देशन दिईएको हो ।
उच्च अदालत जनकपुरको ईजलाशमा यहि फागुन १२ गते सुनवाई हुने भएकोले अर्को सुचना प्रकाशित नहुन्जलेसम्मको लागि यहाँका कुनै पनि नदीबाट नदीजन्य सामग्रीको कारोवार नगर्नका लागि नगरपालिकाले सम्बन्धित सवैमा आग्रह गरिएको छ ।

केही दिन अगाडि स्थानिय विजय मण्डलले नगरपालिकाको कार्यालयले नियमविपरीत नदी ठेक्का लगाईएको भन्दै उच्च अदालत जनकपुरमा मुद्दा दायर गरेको थियो । सोही अधारमा अदालतले सुनवाई गर्ने मिति तोकिएको हो ।











