बुद्धभूमि नगरपालिकाका प्रमुख र वडा अध्यक्षले किर्ते सिफारीस गर्दै योजना सार्न प्रदेशलाई पत्र


४ फागुन कपिलवस्तु । कपिलवस्तुको बुद्धभूमि नगरपालिकाले योजना सार्न बदमासी गरेको प्रमाण फेला परेको छ । लुम्बिनी प्रदेश सरकारको चालु आर्थिक वर्षको योजनामा रहेको बुद्धभूमि नगरपालिका ५ राजपुर गाउँ पि।सि।सि सडक निर्माण बजेट विनियोजन भएको थियो । राजपुर गाउँमा पि।सि।सि गर्न सडक बाँकी सडक नरहेको भन्दै योजना संशोधनको सिफारिस गरी नगरपालिकाले प्रदेश सरकारलाई सिफारिस गरिएको छ ।

प्रमुख प्रशासकिय अधिकृत विदामा भएको मौका छोपेर मेयर केशव कुमार श्रेष्ठ निकट रहेका स्थास्थ्य शाखा प्रमुखलाई निमित्त प्रमुख प्रशासकिय अधिकृत तोकेर र सिफारीस भएको छ । सिफारिस पत्रका संशोधन गरी राजपुर स्वास्थ्य चौकि जाने सडक पिसिसि गर्न अनुरोध गरिएको छ ।

स्थानीय रवि ठाकुरका अनुसार एक साता अगाडी उपभोक्ता समिति गठन गरी वडा कार्यालयमा पुगेको र वडा अध्यक्ष बेचन यादवले सिफारिस नदिएको गुनासो गरे । उपभोक्ता समिति वडा सदस्य इसरार को उपस्थितीमा गठन भएको समेत ठाकुरले दाबि गरे । गलत सिफारिस गर्न वडा अध्यक्ष बेचन यादव र नगर प्रमुख केशव कुमार श्रेष्ठको योजना रहेको नाम नखुलाउने सर्तमा स्थानीयहरुले बताएका छन् ।

राजपुर गाउँमा नगरप्रमुख र वडा अध्यक्ष दुबै योजना विहिन बनाउन गरेको खेल सार्वजनिक भए पछि स्थानीयहरु आक्रोसित भएका छन् । नेकपा एमाले र माओवादीको पहलमा बजेट विनियोजन भए पछि योजना संशोधनका लागि नगरपालिकाले किर्ते गरेको आरोप स्थानीयको रहेको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको