मन्त्री आलेलाई सर्वोच्चको प्रश्न अदालतको अवहेलना अभियोगमा किन कारबाही नगर्ने


४ फागुन । अदालतको अवहेलना मुद्दामा पर्यटनमन्त्री प्रेमबहादुर आलेविरुद्ध कारण देखाऊ आदेश जारी भएको छ ।

सर्वोच्च अदालतमा २५ माघमा आलेविरुद्ध पर्यटन बोर्डका सीईओ डा। धनन्जय रेग्मीले दायर गरेको अदालतको अवहेलना मुद्दामा मन्त्री आलेसहित ९ जना बोर्ड कार्यसमितिलाई सात दिनभित्र कारबाही गर्नु नपर्ने लिखित कारण पेश गर्न आदेश दिइएको हो ।

मंगलवारको अदालतको आदेशले मन्त्रीसहितका बोर्ड सञ्चालक समितिलाई अवहेलनाको मुद्दामा कारबाही गर्न दायर गरिएको रिटमा आफैं उपस्थित भएर वा आफ्ना प्रतिनिधिमार्फत् लिखित जवाफ पेश गर्न अदालतले आदेश दिएको सीईओ रेग्मीका कानूनी सल्लाहकार तथा अधिवक्ता खगेन्द्र सुवेदीले बताए ।

२ पुसमा सीईओलाई रेग्मीमाथि छानबिन गर्न बोर्ड सञ्चालक समितिले उनलाई निलम्बन गरेको थियो । उक्त निलम्बनविरुद्ध अदालत गएका रेग्मीलाई निलम्बन नगर्न र कामकाज गर्नमा कुनै रोक लगाउन १४ पुसमा सर्वोच्च अदालतले अल्पकालीन अन्तरिम आदेश दिएको थियो ।

उक्त आदेशविपरीत बोर्डले २० माघमा सीईओ रेग्मीलाई हटाउने उद्देश्यले पुनः स्पष्टीकरण सोधेपछि अदालतमा विचाराधीन मुद्दालाई बेवास्ता गरेको भन्दै बोर्ड सञ्चालक समितिसहित मन्त्रीविरुद्ध रेग्मीले अदालतको अवहेलनामा कारबाही गर्न माग गरेका थिए ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको