२१ वर्षपछि पक्राउ परे न्यौपाने, कोरोना निको भएसँगै जेल चलान


२५ माघ । गैँडाको खाग चोरी गरेको मुद्दामा फरार रहेका एक अभियुक्तलाई चितवन राष्ट्रय निकुञ्ज प्रशासनले २१ वर्षपछि पक्राउ गरेको छ । पक्राउ पर्नेमा कालिका नगरपालिका–२ बस्ने ५८ वर्षीय कृष्णप्रसाद न्यौपाने रहेका छन् ।

न्यौपानेलाई विसं २५ माघ २०५७ मा गैँडा मारी खाग तस्करी गरेको अभियोगमा १० वर्ष कैद एक लाख जरिवाना तोकिएको थियो । उनलाई यहि ७ माघमा पक्राउ गरी सोमबार सार्वजनिक गरिएको हो ।

विभिन्न स्थानमा लुकीछिपी बसेको अवस्थामा काठमाडौँ जिल्लाको तारकेश्वर नगरपालिका–७ फुटुङ्गबाट उनलाई पक्राउ गरिएको हो ।

निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार पक्राउ परेका न्यौपानेलाई कोभिड–१९ सङ्क्रमण देखिएको थियो । कोभिड सङ्क्रमण नेगेटिभ आएसँगै उनलाई कारागार कार्यालय भरतपुर पठाइएको उनले जानकारी दिए ।

२८ कात्तिक २०५५ मा निकुञ्जको अमृते पोष्टबाट करिब एक दशमलव पाँच किलोमिटर पूर्व खाडलमा पारी गैँडा मारी खाग तस्कर गरेको अभियोग उनलाई लागेको थियो । सो घटनामा १२ जना आरोपि थिए ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको