ट्याक्टरले मोटरसाइकललाई ठक्कर दिँदा आमा छोरीको मृत्यु


२४ माघ । पर्सा जिल्लामा ट्याक्टरले मोटरसाइकललाई ठक्कर दिँदा आमा छोरीको ज्यान गएको छ।

जिल्लाको जीराभवानी गाँउपालिका ४ भवानीपुरमा ना।४ त। ८१३६ नम्बरको ट्याक्टरले बा।५५ प।६५२८ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार आमा छोरीको मृत्यु भएको हो।

मृत्यु हुनेमा भवानीपुरकी २७ वर्षीया विद्यादेवी थरुनी र उनकी छोरी तीन वर्षीया अनन्या रहेका छन्। छोरी अनन्याको घटनास्थलमै मृत्यु भएको र आमाको वीरगञ्जस्थित नेशनल मेडिकल कलेजमा उपचारका क्रममा आइतबार राति मृत्यु भएको प्रहरीले जनाएको छ।

मोटरसाइकल चालक मृतक विद्यादेवीका पति अनिल महतो सामान्य घाइते भएका छन्। प्रहरीका अनुसार आइतबार बेलुकी धार्मिकस्थल भाथाबाट तीर्थालु लिएर फर्कंदै गरेको ट्याक्टरले भवानीपुरमा मोटरसाइकललाई ठक्कर दिएको थियो।

ट्याक्टर चालक पर्साको जगरनाथपुर गाउँपालिका(२ का ५० वर्षीय सुरेन्द्रराम चमारलाई प्रहरीले नियन्त्रणमा लिएको छ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको