प्रहरी र एमालेको भातृ संगठन अनेरास्ववियुका कार्यकर्ता बिच झडप


२४ माघ । मुख्यमन्त्री कुल प्रसाद केसीको कार्यालय अगाडि प्रहरी र एमालेको भातृ संगठन अनेरास्ववियुका कार्यकर्ता बिच झडप भएको छ। झडपमा परी अनेरास्ववियुका कार्यकर्ताहरु घाइते भएका छन् ।

झडपमा अनेरास्ववियुका केन्द्रीय सचिवालय सदस्य बालकृष्ण पाण्डे, शेषकान्त पोखरेल, बुटवल नगर अध्यक्ष रोशन घिमिरे लगायत घाइते भएको अनेरास्ववियुले जनाएको छ।

पेट्रोलियम पदार्थको निरन्तर मुल्यबृद्धीका बिरुद्ध तथा स्थानीय तहको निर्वाचनको मिति तोक्नु पर्ने माग सहित मुख्यमन्त्री कार्यालय अगाडि धर्ना दिन पुगेका अनेरास्ववियुका कार्यकर्ताहरुलाई प्रहरीले रोक्न खोजेपछि झडप भएको अनेरास्ववियुले जनाएको छ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको