गाडी तोडफोडको आरोपमा जनमत पार्टीका १३ कार्यकर्ता पक्राउ


२० माघ । सिराहामा सवारी साधन तोडफोड गरेको आरोपमा जनमत पार्टीका १३ जना नेता कार्यकर्ता पक्राउ परेका छन् ।

आज बिहानदेखि डा। सीके राउत नेतृत्वको जनमत पार्टीका नेता तथा कार्यकर्ताले पूर्व–पश्चिम राजमार्ग अवरुद्ध गरी सवारी साधन तोफोड तथा ढुंगामुढा गरिरहेका छन् ।

सोही क्रममा १३ जनालाई पक्राउ गरिएको सिराहाका प्रहरी नायव उपरीक्षक अर्जुन तिमिल्सिनाले जानकारी दिए । उनकाअनुसार उनीहरूले मिर्चैयाबाट विराटनगरतर्फ जाँदै गरेको ना४ख १७९८ नम्बरको तेल ट्याङ्करमा तोडफोड गरेका थिए । सिराहाको नरहा गाउँपालिका–३ नयाँ चोहर्वामा ट्याङ्करमा ढुंगामुढा गर्दा गाडीको अगाडिको सिसा फुटेको छ ।

तोडफोड गरेर भाग्ने क्रममा जनमतका कार्यकर्ता र प्रहरीबीच सामान्य झडप भएको थियो ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको