महोत्तरीमा १ क्विन्टल ६० किलो गाँजा बरामद


१४ माघ । महोत्तरीमा सशस्त्र प्रहरीले १ क्विन्टल ६० किलो प्रतिबन्धित लागुपदार्थ गाँजा बरामद गरेको छ।

महोत्तरी गउँपालिका ४ रानीवडास्थित गणेश चौधरीको कुखुरा फार्मनजिक परालको थुप्रोमा लुकाइराखेको १६ पोका गाँजा सशस्त्र प्रहरीले बरामद गरेको हो।

१० किलोका दरले प्लास्टिकमा प्याक गरेर राखिएको अवस्थामा १ क्विन्टल ६० किलो गाँजा बरामद गरिएको सशस्त्र प्रहरी मधेस प्रदेशका प्रमुख डीआईजी गणेश ठाडा मगरले जानकारी दिए।

विशेष सूचनाका आधारमा छिन्नमस्ता बाहिनी र जलेश्वर बेस क्याम्पबाट खटेको संयुक्त टोलिले बिहीबार राति गाँजा बरामद गरेको सशस्त्र प्रहरीले जनाएको छ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको