६ माघ । धनुषामा एक महिलाको हत्या भएको अवस्थामा शब फेला परेको छ ।
जिल्ला प्रहरी कार्यलय धनुषाको अनुसार धनुषाधाम नगरपालिका ६ मालटोल स्थित पूर्व पच्क्षिम राजमार्ग देखी २ कि.मि. दक्षिण तर्फ रहेको पदम थापाको आपको बगैचामा अन्दाजी २५,२६ वर्षिय महिलाको शब फेला परेको छ ।
शबको अवस्था हेर्दा उनको बलत्कार पश्चात हत्या भएको आशंका प्रहरीले गरेको छ । टाउकोमा चोट लागेको र रगतले लतपतिएको अवस्थामा ती युवतिको शब बुधबार बेलुका फेला परेको ईलाका प्रहरी कार्यलय यज्ञभुमिले जनाएको छ भने मृतक महिलाको पहिचान खुल्न सकेको छैन ।
मृतक महिला कालो वर्णकी ती महिलाले रातो रंगको सुईटर, निलो रंगको कुर्था सुरुवाल लगाएकी छन् ।
शब पोष्टमार्टमका लागी प्रादेशिक अस्पताल जनकपुरमा राखिएको र घटना बारे थप अनुशन्धान भईरहेको धनुषाका प्रहरी उपरिक्षक बसन्त रजौरेले जनाए ।









